जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक यातायातमा तोकिएकोभन्दा बढी भाडा नतिर्न यात्रुलाई आग्रह गरेको छ। निर्धारित दरभन्दा बढी भाडा असुल गरेको पाइएमा सम्बन्धित निकायमा उजुरी गर्न प्रहरीले अनुरोध गरेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीले यात्रुबाट तोकिएकोभन्दा बढी भाडा असुल गरिएको जानकारी प्राप्त भएमा तत्काल कारबाही गरिने बताए।
यात्रुलाई अनावश्यक आर्थिक भारबाट जोगाउन तथा सार्वजनिक यातायातमा हुन सक्ने अनियमितता नियन्त्रण गर्न प्रहरी सक्रिय रहेको जनाइएको छ।
प्रहरीले सार्वजनिक यातायातका साधन प्रयोग गर्दा निर्धारित भाडादरअनुसार मात्र रकम तिर्न र बढी भाडा असुल गरिएको पाइएमा सम्बन्धित निकायमा उजुरी गर्न यात्रुलाई आग्रह गरेको छ।
प्रकाशित: ६ कार्तिक २०८३ १७:५१ शुक्रबार





