२४ असार २०८१ सोमबार
image/svg+xml

न्युरोडमा बालेनलाई कांग्रेसको साथ

बैठकमा कांग्रेसका सांसद्हरुले मेयर बालेनले गरेको काम ठिक भएको र उनलाई काम गर्न दिनुपर्ने बताएका हुन्। बैठकमा बोल्दै क्रांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले न्युरोडमा सडक पेटी बढाउनु जरुरी रहेको र मेयर बालेनले गरेको काम ठिक रहेको बताए।

छात्रवृत्ति नदिने निजी विद्यालयलाई कारबाही गर्ने काठमाडौँ महानगरको चेतावनी

काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति नदिने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ।

१५ दिन भित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन गर्न अस्पतालहरूलाई महानगरको निर्देशन

काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित अस्पतालहरूलाई आफ्नै फार्मेसी सञ्चालन गर्न आग्रह गरेको छ।

हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष लम्सालको चेतावनी: माग पूरा नभएसम्म काठमाडौंमा पानी पठाउँदैनौँ

हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लम्सालले हेलम्बु—मेलम्चीवासीका मागहरू पूरा नगरेसम्म मेलम्चीको पानी काठमाडौंमा नपठाउने चेतावनी दिएकी छिन् ।

योगेशले बालेनलाई भनेः आफू काठमाडौं महानगरपालिकाको प्रमुख हुँ भन्ने नभुल्नुस्

नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौंका मेयर बालेन्द्र साहले संयमता गुमाउँदै गएको बताएका छन्।

काठमाडौँ महानगरको निःशुल्क उपचार सम्बन्धी प्रावधान, सेवा लिने उपत्यका बाहिरका धेरै

कामपा स्वास्थ्य विभागका जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार विसं २०८० फागुनबाट सुरु गरिएको उक्त सेवाबाट अहिलेसम्मा ७० बिरामी लाभान्वित भइसकेका छन्।

सडक विभाग र महानगर द्वन्द्व: महानगर भत्काउने, विभाग कालोपत्र लाउने

सडक विभागले सडक पीच गर्न थालेपछि महानगरका प्रतिनिधि प्रहरी टोलीसहित न्यूरोड पुगेको थियो। उक्त समयमा सडक विभाग र महानगर प्रहरीबीच विवाद हुँदा केही समय न्युरोड क्षेत्र असामान्य समेत बनेको थियो।

धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज पार्किङमा फर्काइयो, अर्को जहाज पठाउने तयारी

काठमाडौंबाट धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्गबाट पार्किङमा फर्काइएको छ।

क्रिकेट एक्सिलेन्ट र काठमाडौं जिल्लालाई उपाधि

क्रिकेट एक्सिलेन्ट सेन्टर काठमाडौं र काठमाडौं जिल्लाले एनसिसी महिला तथा पुरुष ट्वान्टी- २० क्रिकेट प्रतियोगिताको उपाधि जितेका छन्।

बालेनलाई तीन दिनभित्र हाजिर हुन ताकेता

सडक डिभिजन काठमाडौैंले शुक्रबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई ‘केही बुझ्नुपरेको छ’ भन्दै तीन दिनभित्र डिभिजनको कार्यालयमा हाजिर हुन म्याद दिएको छ।

काठमाडौं र ललितपुरमा आज ५ देखि ९ घण्टासम्म विद्युत् अवरूद्ध हुने

काठमाडौं र ललितपुरका विभिन्न स्थानहरूमा आज पाँचदेखि ९ घण्टासम्म विद्युत् सेवा अवरूद्ध हुने भएको छ।

न्युरोडमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन गर्नेहरु नै फुटपाथ बढाउँदा बिरोध गरिरहेका छन्:मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले न्युरोडमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन गर्नेेहरु फुटपाथ बढाउँदा विरोध गरिरहेको बताएका छन्।

विदेशमा रहेका नेपालीलाई सांस्कृतिक र आर्थिक रुपमा स्वदेशसँग जोड्नु पर्छः उपमेयर डंगोल

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले विदेशमा रहेका नेपालीहरुलाई सांस्कृतिक र आर्थिक रुपमा स्वदेशसँग जोड्नु पर्ने बताएकी छन्।

टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (तस्बिरहरु)

काठमाडौंको टुँडिखेलस्थित सैनिकमञ्चमा गणतन्त्र दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्