२० आश्विन २०८१ आइतबार
image/svg+xml

भुटानी शरणार्थीको फाइल खुलेर बेचन झा समातिने बित्तिकै समिकरणनै फेरबदल भयो: सांसद हरि ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले कांग्रेस–एमाले नेतृत्वले सरकारलाई कामै गर्न नदिएको आरोप लगाएका छन् ।

ओलीलाई माओवादी सांसदको प्रश्न :बेचन पक्राउ परेपछि गठबन्धन भत्काउनु भएको हो ?

नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले एमाले–माओवादी केन्द्रको समीकरण भत्किनुका कारणबारे एमाले अध्यक्ष केपी शर्मा ओलीसंग जवाफ माग गरेका छन् ।

सरकारले बस्ती बसाउनका लागि सुरक्षित र असुरक्षित स्थानका बारेमा जानकारी दिनुपर्छ: सांसद डा.आरजु राणा

नेपाली कांग्रेसकी सांसद डा.आरजु राणाले सरकारले बस्ती बसाउनका लागि सुरक्षित स्थानका बारेमा जानकारी दिनुपर्ने बताएकी छिन् ।

दाहाल सरकारले विदेशबाट हुर्रा र मुर्रा मात्रै ल्यायो: सांसद शर्मा

नेपाली काग्रेसका सांसद सुनिल शर्माले २८ गते विश्वासको मतअघि पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन हुन नसक्नुको कारणसहित जवाफ दिनुपर्ने बताएका छन्।

देउवा–ओली भेट हुनासाथ सत्ता समिकरण उलटफेर हुँदैनः सांसद सापकोटा

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले प्रमुख दुई ठूला दलका शीर्ष नेताहरुबिच भेट हुनासाथ सत्ता समिकरण नफेरिने बताएका छन्।

सांसदकाे गुनासाे: राज्यनीति कमजोर हुँदा सबै क्षेत्र लथालिंग

प्रतिनिधिसभामा सांसदहरूले राज्यको नीति कमजोर हुँदा सबैतिर लथालिंगको अवस्था आइरहेको बताएका छन्।

मधेस प्रदेशमा रहेको चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरियोस्: सांसद झा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मधेस प्रदेशमा रहेको चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न माग गरेका छन्।

प्रतिनिधिसभा बैठकः बाढीपहिरो पीडितको उद्धार गर्न माग

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरुले केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका धेरै स्थानमा धनजनको क्षति भएको हुँदा उद्धार, राहत तथा पुनःस्थापनका लागि सरकारसँग आग्रह गरेका छन्।

बालश्रमबाट उद्धार गरिएका बालबालिकालाई उचित व्यवस्था गरियोस्:सांसद कंशाकार

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्द्यवासिनी कंशाकारले बालश्रमबाट उद्धार गरिएका बालबालिकालाई उचित व्यवस्था गर्न आग्रह गरेकी छिन्।

भ्रष्टाचारविरुद्ध अझ निर्मम बन्न सरकारलाई सांसद गैरेको आग्रह

नेकपा एमालेका सांसद ठाकुर प्रसार गैरेले भ्रष्टाचारविरुद्ध अझ निर्मम बन्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

तराई/मधेसका जिल्लामा शान्ति सुरक्षा बिग्रियो: सांसद थपलिया

नेकपा एमालेकी सांसद सम्झना थपलियाले सिरहा लगायतका तराई÷मधेसका जिल्लाहरूमा शान्ति सुरक्षाको अवस्था बिग्रिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन्।

मधेसमा खानेपानी समस्या समाधानका लागि सरकारलाई रुलिङ गर्न सांसद चौरसियाको माग

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद अजयकुमार चौरसियाले मधेसमा खानेपानीलगायतका समस्या तत्काल समाधान गर्नका लागि सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन्।

नयाँ राजनीतिक दलमा आन्तरिक लोकतन्त्र कुण्ठित छ: प्रदीप पौडेल

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नयाँ राजनीतिक दलले आन्तरिक लोकतन्त्रको अभ्यास गर्न नसक्ने बताएका छन्।

अर्बपति सांसद चौधरी भन्छन्ः भाषणको होइन विकासको राजनीतिमा विश्वास गर्छु

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं अर्बपति व्यवसायी विनोद चौधरीले आफू भाषणको नभई विकासको राजनीतिमा विश्वास गर्ने बताएका छन्।

सांसदको अभिव्यक्तिले यौनिक तथा लैंगिक अल्पसंख्यक आक्रोशित

सांसद सुशीला श्रेष्ठले भनिन्, ‘यो हार्मोन परिवर्तन गरेर, लिंग परिवर्तन गरेर पुरुष महिला हुने, महिला पुरुष हुने जुन खालको प्रवृत्ति छ, यसलाई अहिले अधिकार भन्ने हो कि अथवा खै के भन्ने हो। यहाँबाट भन्न अलि अप्ठेरो लाग्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्