१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

तराई/मधेसका जिल्लामा शान्ति सुरक्षा बिग्रियो: सांसद थपलिया

नेकपा एमालेकी सांसद सम्झना थपलियाले सिरहा लगायतका तराई÷मधेसका जिल्लाहरूमा शान्ति सुरक्षाको अवस्था बिग्रिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन्।प्रतिनिधि सभाको सोमवारको बैठकमा आकस्मिक समयमा बोल्दै उनले यस्तो कुरा बताएकी हुन ।  

उनले विगत तीन महिना भित्र श्रृंखलावद्ध रुपमा भएको एक दर्जन बढी चोरी डकैतीका घटनाले समाजमा त्रास पैदा भएको पनि बताइन । सांसद थपलियाले गाउँ गाउँमा आपराधिक समूहले पर्चा र पोस्टर टाँसेरै सूचना दिने काम गरेको भन्दै नागरिकहरूमा डरले गाउँमा बस्न सक्ने अवस्था नरहेको धारणा राखिन ।उनले नागरिकहरू अनिदो रही घरेलु हतियार लिएर रातभर जाग्राम बस्नुपर्ने परिस्थिति सिर्जना भएको भन्दै सरकारले विशेष ध्यान दिनुपर्ने बताइन।

सांसद थपलियाले स्थानीय प्रहरी प्रशासनले परिस्थिति काबुमा लिन नसकेको भन्दै सुरक्षा निकाय चुस्त बनाउन सरकारसँग आग्रह पनि गरिन। 

प्रकाशित: १० असार २०८१ १३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App