२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

बालश्रमबाट उद्धार गरिएका बालबालिकालाई उचित व्यवस्था गरियोस्:सांसद कंशाकार

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्द्यवासिनी कंशाकारले बालश्रमबाट उद्धार गरिएका बालबालिकालाई उचित व्यवस्था गर्न आग्रह गरेकी छिन्।

प्रतिनिधि सभाको सोमवारको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो कुरा बताएकी हुन। उनले नेपालमा अहिले पनि १० लाख ८१ हजार बालबालिका श्रममा छन्। त्यसमध्ये २ लाख २२ हजार बालबालिका जोखिममुक्त अवस्थामा श्रम गर्न बाध्य रहेको बताइन।उनले त्यसमध्ये २ लाख २२ हजार बालबालिका जोखिममुक्त अवस्थामा श्रम गर्न बाध्य रहेको बताइन। 

सांसद कंशाकारले बालश्रम रोक्न स्थानीय तहको भुमिका निकै महत्त्वपूर्ण भए पनि स्थानीय तहहरूले चासो नदेखाएको बताइन।उनले बालश्रमबाट उद्धार गरिएका बालबालिकालाई भोलिका दिनमा फेरि काममा फर्किने अवस्था आउन नदिन बालबालिकाको लागि उचित व्यवस्था गर्नुपर्ने बताइन।

उनले बालबालिकालाई शिक्षा, स्वास्थ्य मनोरञ्जन, पोषणयुक्त खानासहितको बालबालिकाको अधिकारको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराइन। 

प्रकाशित: १० असार २०८१ १४:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App