१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

मधेसमा खानेपानी समस्या समाधानका लागि सरकारलाई रुलिङ गर्न सांसद चौरसियाको माग

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद अजयकुमार चौरसियाले मधेसमा खानेपानीलगायतका समस्या तत्काल समाधान गर्नका लागि सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन्।

आईतबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले सो माग गरेका हुन्। सांसद चौरसियाले आँधी, तुफान, हावाहुरी, असिनाका कारण पनि मधेशको जनजीवन कष्टकर हुँदा पनि सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाए। उनले भैँसीको अगाडि वीन बजाएजस्तो सरकारले नागरिकलाई पीडा हुँदा पनि ध्यान नदिएको गुनासो गरे।

सांसद चौरसियाले भने, ‘मधेशमा खानेपानीको समस्या भएको छ। मुहानहरु सुक्दै गएका छन्। पानीको लागि त्राहीमाम छ। हाहाकार छ। अर्कोतिर आँधी, तुफान, हावाहुरीको कारणले, असीनाको कारणले घर उठाएको छ। खेतीपाती नोक्शान भएको छ। बगैँचा नोक्शान भएको छ। र पटक पटक मैले यो पार्लियामेन्टमा यी कुराहरु उठाएको छु। तर सरकार कानमा तेल हालेर सुतेको छ। सम्माननीय सभामुखबाट रुलिङ होस। मधेशमा एउटा उखान छ–भैंसका आगे विन बजाय। त्यस्तो नहोस। र संसद सचिवालयका कर्मचारीहरुको जायज माग अभिलम्व पूरा गरियोस्।’

सांसद चौरसियाले संसद सचिवालयका कर्मचारीको जायज माग तत्काल सम्बोधन गर्न पनि सरकारलाई सचेत गराए। 

प्रकाशित: ९ असार २०८१ १३:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App