४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभामा पुष्पलालको योगदानबारे चर्चा

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता स्व पुष्पलाल श्रेष्ठको योगदानबारे चर्चा गरेका छन् ।  

प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा बोल्दै सांसद सूर्यबहादुर थापा क्षेत्रीले पुष्पलालले नेपालको राजनीतिक र सामाजिक क्षेत्रमा पु¥याएको योगदान उल्लेखनीय रहेको बताए। नेपालको लोकतान्त्रिक आन्दोलनका महत्वपूर्ण हस्ती, कम्युनिष्ट आन्दोलनका सुरुआतकर्ता पुष्पलालको ४६औँ स्मृति दिवसका अवसरमा सांसद् क्षेत्रीले पुष्पलाललाई विभिन्न आयामबाट सम्झिनुपर्ने बताए।

सांसद जनार्दन शर्माले प्राकृतिक विपत्तिले देश आक्रान्त बनाएको र भूकम्पले चिरा पारेका बस्ती बाढीको चपेटामा परेको देशभरीका बाढी प्रभावित परिवार जोखिममा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद रोशन कार्कीले मधेसमा पछिल्लो समयमा आपराधिक गतिविधि बढ्दै गएकामा सरकारको ध्यानाकर्षण गराइन । ‘सर्लाही जिल्लामा एकजना पूर्वमन्त्रीको हत्या भएको छ, त्यस घटनाबारे निष्पक्ष छाबिन गरी सत्य पत्ता लगाई दोषीमाथि कारबाही गर्न म सरकारसँग आग्रह गर्दछु’, उनले भनिन । सांसद कार्कीले संसद् सचिवालयमा करारमा र ज्यालादारीमा रहेका करिब ५० कर्मचारीको जागिर खोसिएकामा सरकारको ध्यानाकर्षण गराइन ।  

प्रकाशित: ७ श्रावण २०८१ १४:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App