१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

संसद्‍मा सांसदले पुष्पलाल भन्नुपर्नेमा पुष्पकमल भनेपछि...

सोमबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले पुष्पलाल श्रेष्ठको ४६औं स्मृति दिवसको उपलक्ष्यमा श्रद्धा सुमन व्यक्त गरिरहेका थिए।

श्रद्धा सुमन व्यक्त गर्ने क्रममा सांसद किरण कुमार शाहले पुष्पलाल भन्नुपर्नेमा पुष्पकमल नाम उच्चारण गरे।

शाहले भने, 'नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता पुष्पकमल दाहाल, पुष्पलाल ज्युको ४६औं स्मृति दिवसको उपलक्ष्यमा श्रद्धा सुमन व्यक्त गर्न चाहन्छु।'

शाहले पुष्पकमल नाम उच्चारण गरेपछि माओवादी केन्द्रका सांसद हितराज पाण्डे पुष्पकमल नाम उच्चारण गरेको भन्दै नियमापत्ति गरेका थिए। 

पाण्डेले भने,'एउटा मान्यले बोल्दा के बोल्नुपर्छ भन्ने थाहा दिनुपर्छ यसमा नियमापत्ति गर्दछु।' 

प्रकाशित: ७ श्रावण २०८१ १४:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App