पर्साका सरकारी कार्यालयको पुँजीगत खर्च छ प्रतिशतमा सीमित
कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार पर्सास्थित ६६ सरकारी कार्यालय तथा पालिकाका लागि पुँजीगततर्फ वार्षिक दुई अर्ब ५८ करोड २७ लाख ८६ हजार सात सय ५० रुपैयाँ विनियोजन भएकामा चालु आवको कात्तिक मसान्तसम्ममा १५ करोड ६९ लाख ३३ हजार पाँच सय २८ रुपैयाँ खर्च भएको छ।