२० आश्विन २०८१ आइतबार
image/svg+xml

संसद् भवनमा मदिरा बार राख्न सांसद् बजगाईंको प्रस्ताव

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले निर्माणाधीन संघीय संसद् भवनमा मदिरा पाइने बार पनि बनाउनुपर्ने प्रस्ताव राखेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा रोस्टममा उभिएर बोल्दै सांसद बजगाईंले विदेशी संसद परिसरमा बार हुने उदाहरण दिँदै नेपालमा पनि बनाउनुपर्ने प्रस्ताव राखेका हुन् ।

जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध सुमधुर आवश्यक: उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध सुमधुर हुन आवश्यक रहेको बताएका छन् । उनले पार्टीको चुनाव चिन्ह लिएर निर्वाचित भएका तीनै तहका जनप्रतिनिधि पार्टी र आफूलाई चुनाव जिताउने आम कार्यकर्ता र मतदाताप्रती उत्तरदायी नहुँदा समस्या आएको बताए।

स्वास्थ्य मन्त्रालयमा छुट्याएको ४.६४ प्रतिशत बजेट अत्यन्त न्यून भयो: सांसद केसी

नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले स्वास्थ्य मन्त्रालयमा कम्तीमा १० प्रतिशत बजेटको व्यवस्था हुनुपर्नेमा ४.६४ प्रतिशत अत्यन्त न्यून भएको बताएका छन्।

सरकारले रुग्ण उद्योग सञ्चालनमा सम्पूर्ण प्रयास केन्द्रित गर्नुपर्दछ: दिलेन्द्रप्रसाद बडू

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले रुग्न उद्योग सञ्चालनमा ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गरेका छन् ।

विश्वप्रकाशको प्रस्ताव: दृश्य बदलौं, बाढीपछि बैठक होइन उद्धारमा जुटौं

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मौसमजन्य विपदको ध्यानाकर्षणका लागि बाढी नकुर्न आग्रह गरेका छन् ।बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै महामन्त्री शर्माले विगतको दृश्य बदलेर बाढीपछि बैठक नभइ उद्धारमा जुट्ने वातावरण निर्माण गर्न आग्रह गरेका हुन्।

कांग्रेसले माग्यो मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको जवाफ

नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको जवाफ माग गरेका छन्।

विधि,पद्धति र नियमभित्र रहेर बजेट तयारी ल्याइयोस् : कांग्रेस संसदीय दल

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले प्रदेश सरकारले विधि, पद्धति र नियमभन्दा बाहिर गएर आगामी आर्थिक वर्षको बजेट ल्याएमा कांग्रेसलाई मान्य नहुने बताएको छ ।

पार्टी विधि पद्धतिमा चलाउनुपर्छः कांग्रेस नेता केसी

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई विधि र पद्धतिअनुसार चलाउन आवश्यक रहेको बताएका छन्।

गगनको दाबी–०८४ सम्म प्रतिपक्षमा बस्छौं, जनताका मुद्दा उठाउँछौं

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब कांग्रेस सरकार बनाउने र गिराउने खेलमा नलाग्ने बताएका छन्।शनिबार काठमाडौं महानगरपालिका–३ को एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले २०८४ सम्म प्रतिपक्षमा बसेर जनताका मुद्दा उठाउने र पार्टी पुनःनिर्माण गर्दै बलियो पार्ने बताएका हुन्।

प्रधानमन्त्री छोरी उत्थानका लागि विनियोजित बजेटले आम छोरीहरुको अपमान भयोः बलायर

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद वीरबहादुर बलायरले प्रधानमन्त्री छोरी उत्थान कार्यक्रमका लागि विनियोजित बजेटले आम छोरीहरुको अपमान गरेको टिप्पणी गरेका छन्।

कार्यकर्तालाई सुखी बनाउने वितरणमुखी बजेट आयोः सांसद केसी

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारले जनप्रियतामा आधारित नभई पार्टीका कार्यकर्तालाई सुखी बनाउने वितरणमुखी बजेट ल्याएको बताएका छन्।

कोशीको नीति तथा कार्यक्रम आज

आज अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

विपक्षीसँग जोडिँदै नेपाल

हकारी ठगीमा छानबिन गर्न मंगलबारको प्रतिनिधिसभा बैठकले संसदीय समिति गठन गरेको भोलिपल्ट प्रमुख प्रतिपक्षी कांग्रेसले विपक्षी दलहरूसँगको संवाद अघि बढाएको हो।

रविको नाम छलियो, छानबिनको बाटो छलिएन !

प्रधानमन्त्री पुष्पकमल दाहालको सक्रियतामा सोमबार र मंगलबारको निर्णायक कसरतपछि दुबै पक्ष एक–एक कदम पछि हट्दा सहमति बनेको छ।

सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर भएनः कांग्रेस

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर नभएको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्