५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

नयाँ राजनीतिक दलमा आन्तरिक लोकतन्त्र कुण्ठित छ: प्रदीप पौडेल

फाइल तस्बिर

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नयाँ राजनीतिक दलले आन्तरिक लोकतन्त्रको अभ्यास गर्न नसक्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन । उनले आन्तरिक व्यवस्थाको सन्दर्भमा अरूसँग तुलना गर्दा कांग्रेस बढी लोकतान्त्रिक रहेको बताए।उनले नयाँ आएको राजनीतिक दल आन्तरिक लोकतन्त्र विकसित गर्ने नभई आन्तरिक लोकतन्त्रलाई अभ्यास नै नगर्ने गरी आएको जिकिर गरे।

सांसद पौडेलले नयाँ आएको राजनीतिक दलमा पार्टीको नेतृत्वले गल्ती गरे पनि केही बोल्न नसक्ने अवस्था रहेको बताए। उनले सम्पूर्ण रुपमा लोकतन्त्रलाई कुण्ठित गरिएको नेतृत्वको पन्जाभित्र नयाँ पार्टी रहेको जिकिर गरे। नेतृत्वले नियन्त्रण गरेको पार्टी कांग्रेस हुनु नहुने पनि बताए ।

कांग्रेस आन्तरिक व्यवस्थाभित्र विधि बलियो हुने गरी आफूलाई अघि बढाउन सक्नुपर्ने बताए। सांसद पौडेलले नेपालीकांग्रेसले सुशासनको बारेमा स्पष्ट दृष्टिकोण दिन सक्नुपर्ने बताए। 

प्रकाशित: ८ असार २०८१ १९:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App