१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

संसदका आगामी सबै बैठकमा उपस्थित हुन सांसदलाई कांग्रेसको निर्देशन

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको आगामी सबै बैठकमा अनिवार्य उपस्थिति हुन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ।

शुक्रबार संसद् भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्देशन दिएको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले आगामी आर्थिक वर्ष २०८१/२०८२ को विनियोजन विधेयक अब प्रतिनिधि सभाको आउने बैठकहरूमा विनियोजन विधेयक बजेट निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेको र ९ गतेदेखि प्रारम्भ हुने सबै बैठकमा विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत नहुँदा सम्मका सबै बैठकहरूमा सबै मान्य सदस्यहरूको अनिवार्य उपस्थिति हुन निर्देशन दिने निर्णय भएको बताए। 

उनले अनिवार्य रूपले उपस्थित हुन र दलको ह्विप निर्देशन अनुसार गर्नुहुन आग्रह गरे। उनले कांग्रेस अहिले संसदमा प्रतिपक्षमा रहेको उल्लेख गर्दै प्रतिपक्षमा भएको बेलामा जनताका सवालहरू, जनजीविकाका सवालहरू, देश र जनताको पक्षका विषयहरूलाई सघन ढंगले मुखरित गरेर संसदमा उठाउनुपर्ने दायित्व प्रतिपक्षको भएको बताए। 

पछिल्लो समयमा सङ्घीय संसदका बैठकहरूमा सदस्यहरूको उपस्थिति पातलो भएकाले नेपाली कांग्रेसका सांसदहरूलाई सङ्घीय संसदका बैठकहरूमा निरन्तर उपस्थित हुन र देश जनताका पक्षमा आवाज उठाउन पनि निर्देशन दिएको बताए।

उनले भने, ‘आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन विधेयक अब प्रतिनिधि सभाको आउने बैठकहरूमा विनियोजन विधेयक बजेट निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेको छ । त्यसो भएकाले ९ गतेदेखि प्रारम्भ हुने सबै बैठकमा विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत नहुँदा सम्मका सबै बैठकहरूमा सबै मान्य सदस्यहरूको अनिवार्य उपस्थिति हुनुपर्छ भनेर आजको संसदीय दलले निर्णय गरेको छ। अनिवार्य रूपले उपस्थित हुन र दलको ह्विप निर्देशन अनुसार गर्नुहुन भनेका छौँ ।

अहिले संसदमा हामी प्रतिपक्षमा छौँ। प्रतिपक्षमा भएको बेलामा जनताका सवालहरू, जनजीविकाका सवालहरू, देश र जनताको पक्षका विषयहरूलाई सघन ढंगले मुखरित गरेर संसदमा उठाउनुपर्ने दायित्व प्रतिपक्षको हो । तर यो पछिल्लो समयमा सङ्घीय संसदका बैठकहरूमा मान्य सदस्यहरूको उपस्थिति अलि पातलो देखिएको छ। त्यसो भएकाले आजको संसदीय दलको बैठकले नेपाली काँग्रेसका सांसदहरूलाई सङ्घीय संसदका बैठकहरूमा निरन्तर उपस्थित हुन र देश जनताका पक्षमा आवाज उठाउन पनि निर्देशन प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। 

प्रकाशित: ७ असार २०८१ १९:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App