२१ असार २०८१ शुक्रबार
image/svg+xml

पोखरा र फेवाताल एकअर्काका परिपूरक – मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटकीय नगरी पोखरा र फेवाताल एकार्काका परिपूरक भएको बताएका छन्। पोखरा महानगरपालिका–२४ स्थित बेतयानी खोलामा निर्माण गरिने सिन्टेसन बाँध र सिल्टपोखरीको आज एक समारोहबीच शिलान्यास गर्दै उनले पोखरा आउने पर्यटकले नछुटाउने गन्तव्य फेवाताल रहेको बताए।

फेवाताल बचाउन पहल

पर्यटकीय नगरी पोखरास्थित फेवातालमा फैलिएको जलकुम्भी झारले ताललाई कुरुप बनाइरहेका अवस्थामा यसलाई बचाउन बृहत् सरसफाइ अभियान सुरु गरिएको छ। वर्षासँगै विभिन्न खोलाले बगाएर ल्याएको जलकुम्भी र करौँते झारका कारण कुरुप बनेको फेवाताललाई सफा र शुद्ध बनाउने लक्ष्यका साथ अभियान थालिएको हो।

पोखरामा कलात्मक रेष्टुराँ

पोखराको बैदामेताल (फेवाताल) किनारामा दर्जनौं रेष्टुराँ छन्। जसरी तिनले फरकफरक स्वादका परिकार पस्कन्छन्, त्यसै गरी तिनको आन्तरिक सजावटमा पनि विविधता पाइन्छ। त्यस्तै एउटा फरक रेष्टुराँ सञ्चालनमा आएको छ– नगेन आर्ट लाउन्ज बार।

प्रधानमन्त्रीलाई अवहेलना मुद्दा, फैसलाको फाइल साथै राख्न आदेश

फेवाताल अतिक्रमणको मुद्दा फैसला भएको एक वर्षभन्दा बढी बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा परेको छ। अधिवक्ता खगेन्द्र सुवेदीले प्रधानमन्त्री ओली, भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल, वनमन्त्री शक्ति बस्नेत, मुख्यसचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्री कार्यालयका सचिव डिल्लिराम घिमिरे, भूमि मन्त्रालयका सचिव सचिव गोपीनाथ मैनाली, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङ र प्रदेशमन्त्री विकास लम्सालसिहत ९ जनालाई विपक्षी बनाएर अवहेलना मुद्दा दायर गरेका हुन्।

प्रधानमन्त्रीलाई अवहेलना मुद्दा, फैसलाको फाइल साथै राख्न आदेश

फेवाताल अतिक्रमणको मुद्दा फैसला भएको एक वर्ष भन्दा बढी वितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली, सम्बन्धित मन्त्री र विभागीय प्रमुखहरुविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा परेको छ।

फेवातालमा मध्याह्नपछि डुंगा सयर जोखिमपूर्ण

पोखरामा सोमबार दिउँसो कालो बादल मडारिएर हावाहुरीसहित असिनापानी प¥यो। एकाएक हुरीसहितको असिनापानीले फेवातालमा छाल उठ्यो। त्यही छालमा परेर डुंगा सवार सातजना तालमा खसे। लाइफ ज्याकेट लगाएकाले तालमा खसे पनि उनीहरु सबैजना तैरिए। तत्कालै पुगेको सशस्त्र प्रहरीको टोलीले उनीहरूको उद्धार ग¥यो।

चौतर्फी दबाबपछि सिमसार पुर्ने काम रोकियो

फेवातालको माथिल्लो भागमा रहेको सिमसार पुर्ने काम बन्द भएको छ। फेवातालको माटो हालेर सिमसार पुरिएको नागरिक दैनिकबाट समाचार प्रकाशित भएपछि सर्वत्र आलोचना भएसँगै सिमसार पुर्ने काम बन्द भएको हो।

सिमसार पुर्ने काम रोकिनुपर्छ : मुख्यमन्त्री

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले फेवातालको सिरानमा रहेको सिमसार क्षेत्र पुर्ने काम रोकिनुपर्ने बताएका छन्। ‘फेवातालको माटोले सिमसार क्षेत्र पुरिँदै’ भन्ने शीर्षकको समाचार नागरिक दैनिकमा प्रकाशित भएपछि सोमबार सिमसार क्षेत्र अवलोकन गर्न पुगेका मुख्यमन्त्री गुरुङले सिमसार क्षेत्र बचाउनुको सट्टा पुर्न थालेकोप्रति दुःख व्यक्त गर्दै यो तत्काल रोकिनुपर्ने बताएका हुन्। ‘सिमसार संरक्षण गरेर रामसार सूचीमा राखेका बेला पुरिनु राम्रो भएन,’ उनले भने, ‘यो रोकिनुपर्छ, यसबारे महानगरसँग कुराकानी हुन्छ।’

फेवातालमा सिल्ट्रेसन चेक ड्याम निर्माण गरिने

फेवाताल संरक्षणका लागि चेक ड्याम निर्माण गरिने भएको छ। गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका मिलेर फेवाताल संरक्षणका लागि सिल्ट्रेसन चेक ड्याम निर्माण गर्ने भएको हो।

फेवाताल संरक्षणमा सहकार्य अभाव

फेवातालको पानीको स्रोतका रूपमा रहेका मुहान क्षेत्रका हर्पन लगायका खहरे खोलामा चेक ड्याम बनाउने भनेर पोखरा महानगरपालिकाले चालू आर्थिक वर्षमा सात करोड रुपैयाँ छुट्यायो। आर्थिक वर्ष सकिन अब झन्डै अढाइ महिना बाँकी छ।

फेवाताल संरक्षणको काम अझै सुरु भएन

सर्वाेच्च अदालतले गत माघ २ गते फेवाताल संरक्षणको पूर्णपाठ सार्वजनिक गर्दैे ६ महिनाभित्र फेवातालको चारकिल्ला कायम गर्नु/गराउनू भनेर संघीय सरकारलाई आदेश दिएको थियो।

फेवातालको पानी : पिउन नमिल्ने, पौडिन मिल्ने

फेवातालको पानी पोहोरभन्दा केही सफा भएको छ। प्रयोगशालामा गरिएको परीक्षणले पानीमा हुने फोहोरपना घटेको देखाएको हो। तालको पानी सफा भए पनि पिउन भने अयोग्य नै छ। तर पानीमा पौडिन भने मिल्ने परीक्षणले देखाएको छ।

‘मिनी फेवाताल’ मा पर्यटक बढे (फाेटाे फिचर)

रामपुरमा कृत्रिम रुपमा बनाइएको तालपोखराले ‘मिनी फेवाताल’ को संज्ञा पाएको छ। पूर्वी पाल्पाको रामपुर नगरपालिका भित्रने जो कोही पनि तालपोखरा अवलोकन गर्न पुग्छन्।

फेवातालमा मृत भेटिए विद्यार्थी

गण्डकी मेडिकल कलेजमा अध्ययनरत पाँचौ ब्याचका एमबीबीएस एक विद्यार्थी फेवातालमा मृत अवस्थामा भेटिएका छन्। उक्त कलेजमा अध्यनरत विद्यार्थी शिशिर केसी पामेस्थित फेवातालमा मृत भेटिएका हुन।

फेवातालमा प्याराग्लाइडर दुर्घटना, पाइलटको मृत्यु

फेवातालमा खसेका प्याराग्लाइडरको मृत्यु भएको छ। रोमानीयाका सोलो पाइलट इडिकको फेवा सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। सराङकोटबाट उडेका उनी ल्याण्ड गर्ने क्रममा दुर्घटनामा परेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्