२४ असार २०८१ सोमबार
image/svg+xml

फेवातालमा प्याराग्लाइडिङ दुर्घटना

सराङकोटबाट उडेको एक प्याराग्लाइडर फेवातालमा खसेका छन्। दुर्घटनामा एक जना घाइते भएको प्रहरीले जनाएको छ। उनलाई उपचारको लागि अस्पताल लगिएको छ। दर्घटनामा पर्ने विदेशी सोलो पाइलट भएको जनाइएको छ। उनको नाम खुलेको छैन।

सर्वोच्चको फैसला कार्यान्वयन हुँदै, फेवातालमा महानगरको डोजर

फेवाताल संरक्षणको लागि पोखरा महानगरपालिकाले तालमा थुप्रिएको माटो झिक्न डोजर लगाएको छ। सोमबार बिहान हल्लनचोक नजिक बङ्लादी खोला र ताल मिसिने ठाउँबाट माटो झिकिएको हो।  खहरे खोलाहरुले बगाएर ल्याउने माटोले फेवातालको आकार साँघुरिँदै गएपछि महानगरले तालको सफाई गर्न लागेको हो।

'फेवाताल जोगाउने यो अन्तिम अवसर'

मानवीय र प्राकृतिक अतिक्रमणका कारण फेवातालको अस्तित्व संकटमा छ। सर्वोच्च अदालतले फेवातालको संरक्षणका लागी गरेको पछिल्लो फैसला जीवनबुटी बनेको बुझाई छ गण्डकी प्रदेश सभा सदस्य राजिब पहारीको को। पहारी फेवाताल रहेकै क्षेत्र कास्की ३ (ख) का सांसद हुन्।

सर्वोच्चको आदेश कार्यान्वयन गर्न मन्त्रीस्तरीय समिति

जलमाफियाको अतिक्रमणमा परेको फेवाताललाई पुरानै संरचनामा फर्काउन गण्डकी प्रदेशमा मन्त्रीस्तरीय समिति गठन गरिएको छ। सर्वोच्चको आदेश अनुसार फेवाताल सम्बन्धिको फैसला कार्यान्वयन गराउने दायित्व प्रदेश सरकारको पनि हो र सोही फैसला कार्यान्वयन गर्न बुधबारको मन्त्रिपरिषद बैठकले पर्यटन सम्बन्धित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको संयोजकत्वमा ११ सदस्यिय समिति गठन गरेको हो।

लिटरेचर फेस्टिवलमा रुख काटिएपछि आयोजकलाई १० हजार जरिवाना

आइएमई नेपाल लिटरेचर फेस्टिवलमा फेवाताल वरपरका रुख काटिएको भन्दै आयोजकले जरिवाना तिर्नु परेको छ। पोखराको फेवा किनारमा शनिवार देखि चार दिन चलेको फेस्टिवलमा त्यस वरपरका रुखका हाँगा सम्वन्धित निकायको अनुमति विना आयोजकले काटेका थिए।

फेवा किनारमा ‘नेतृत्व कस्तो, कसको ?’

मंगलबार अन्य दिनभन्दा धेरै मानिस फेवाताल किनारमा देखिए। चारदिनदेखि जारी ‘आइएमइ साहित्यिक महोत्सव’को अन्तिम दिन र चर्चाको केन्द्रमा रहेका तीन नेताको गरमागर्मी बहस सुन्न मानिसहरू पुसको चिसोलाई बेवास्ता गर्दै भेला भए।

के लेख्दैछ पोखरा ?

चुपचाप लेख्छ पोखरा। लेखनको हावा देश डुलिरहे पनि लेखिरहन्छ। राजधानीले थाहा पाए पनि लेख्छ, नपाए पनि लेख्छ। कहिले देश तरंगित हुने गरी लेख्छ पोखरा त कहिले आफैँले थाहा नपाउने गरी। कहिले माछापुच्छ्रेजस्तै उचाइ लेख्छ अनि कहिले फेवातालझैँ गम्भीर लेखनी चलाउँछ।

साम्राज्यवादी भ्यागुता

हास्यव्यङ्ग्य क्षेत्रका सुप्रसिद्ध स्रष्टा भैरव अर्यालले ‘अन्तर्राष्ट्रिय भ्यागुता सम्मेलन’ शीर्षकमा सुन्दर निबन्ध लेखेका छन्।  फेवातालमा हुन्छ, भ्यागुता सम्मेलन।  देश–देशान्तरका राष्ट्रवादी, अन्तर्राष्ट्रवादी, साम्यवादी, समाजवादी, साम्राज्यवादी, विस्तारवादी आदि अनेक रूप–रंग, जात र विचारका भ्यागुताहरू आफ्ना स्वार्थका कुरा गर्छन्।

कर्ण शाक्यविरुद्धको पेसी तेस्रो पटक सर्‍यो

फेवातालको जग्गामा विवादित पर्यटन व्यवसायी कर्ण शाक्यले निर्माण गरेको होटल वाटर फ्रन्टमाथी अदालतमा परेको मुद्दाको पेसी आज पनि सरेको छ। यो सँगै उक्त मुदामा तेस्रो पटक पेसी सरेको हो।

फेवाताल मुद्दाको सुनुवाई आज हुँदै

फेवातालको जग्गामा विवादित पर्यटन व्यवसायी कर्ण शाक्यले निर्माण गरेको होटल वाटर फ्रन्टको मुद्दाको निरन्तर सुनुवाइ आजलाई तोकिएको छ। अधिवक्ता खगेन्द्र सुवेदीले २०६८ असार २३ मा दायर गरेको फेवाताल संरक्षण सम्वन्धि उक्त मुद्दा साप्ताहिक पेसीको ७ नम्वरमा रहेको छ।

सेल्फी खिच्ने क्रममा फेवातालमा खसेका युवाको शव फेला

पोखराको फेवातालमा प्याडल बोर्डबाट खसेर बेपत्ता एक युवाको शव शनिबार बिहान फेला परेको छ।

फेवातालको सुन्दरताबारे सर्वोच्च अदालतले यसरी गर्‍यो व्याख्या

सर्वोच्च अदालतले सार्वजनिक गरेको फेवाताल मुद्दाको पूर्ण पैसलामा तालको सौन्दर्यबारे समेत व्याख्या गरिएको छ। प्रधानन्यायाधीश ओम प्रकाश मिश्र र सपना प्रधान मल्लले फैसला गरेको मुद्दाको पूर्णपाठमा भनिएको छ, 'फेवातालको प्राकृतिक सौन्दर्य, यसको वातावरणीय भूमिका, यससँग सम्बन्धित धार्मिक गन्तव्य स्थलहरूका कारणबाट नै पोखरा उपत्यकाको ख्याति नेपालमा मात्र नभई विश्‍वस्तरमा नै उल्लेख्‍य बनेको कुरामा विवाद छैन।'

फेवाताल संरक्षणमा ऐतिहासिक फैसला : व्यक्तिको नाममा दर्ता जग्गा एक वर्षभित्र वदर गर्नू (पूर्णपाठ सहित)

सर्वोच्च अदालतले ६ महिना भित्र फेवातालको चार किल्ला कायम गर्न सरकारका नाममा आदेश दिएको छ। यस्तै अदालतले व्यक्तिको नाममा दर्ता भएको तालको जमिन एक वर्ष भित्र वदर गरी तालकै नाममा ल्याउन भएनेको छ।

जथाभावी सडक विस्तारले फेवाताल संकटमा

फेवातालको मूल जलाधार क्षेत्रमा जथाभावी मोटरबाटो विस्तारले तालकै अस्तित्व संकटमा पारेको छ। माकुराको जालोझैं ताल सिरानमा खनिएको सडकका कारण फेवाताल पुरिने खतरा बढेको छ।

फेवाताल मुद्दाको पेसी स्थगित सूचीमा, अर्को पेसी डेढ महिनापछि

फेवातालको जग्गामा विवादित पर्यटन व्यवसायी कर्ण शाक्यले निर्माण गरेको होटल वाटर फ्रन्टको मुद्दाको पेसी अदालतबाट स्थगित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्