२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

फेवाताल मुद्दाको पेसी स्थगित सूचीमा, अर्को पेसी डेढ महिनापछि

फेवा तालको किनारमा कर्ण शाक्यले निर्माण गरेको पार्क भिलेज वाटर फ्रन्ट रिसोर्ट

काठमाडौं- फेवातालको जग्गामा विवादित पर्यटन व्यवसायी कर्ण शाक्यले निर्माण गरेको होटल वाटर फ्रन्टको मुद्दाको आजको पेसी अदालतबाट स्थगित भएको छ।

सर्वोच्च अदालतले वाटर फ्रन्ट मुद्दाको अन्तिम सुनुवाईको लागि आज पेसी तोकेको थियो। सर्वोच्च स्रोतका अनुसार शाक्यले मुद्दा सार्नको लागि चलखेल समेत गरेका थिए। शाक्यको मुद्दा स्थगितको १५ नम्बरमा सर्वोच्चले प्रकाशन गरेको छ। मुद्दाको अर्को पेसी कार्तिक १३ गते मंगलबारको लागि तोकिएको छ।

कानुन व्यवसायी विरामी भएर वहस गर्न नसक्ने अवस्था आएमा दुई पटकसम्म पेसी स्थगित गर्न सक्ने व्यवस्था छ अधिवक्ता खगेन्द्र सुवेदीले २०६८ असार २३ गते शाक्यले फेवातालको जग्गा मिचेर रिसोर्ट बनाएको भन्दै रिट दायर गरेका थिए। वैशाख १६ गते न्यायाधीश ओम प्रकाश मिश्र र सपना मल्ल प्रधानको इजालसले फेवाताल संरक्षणको मुल मुद्दा नं २०६७-WO-०६९४ मा रिट जारि गर्दै प्रस्तुत  शाक्यसँग समेतको मुद्दामा छानविन गर्न समिति बनाउन सरकारलाई आदेश दिएको थियो। सर्वोच्चको आदेश अनुसार वरिष्ठ नापी अधिकृत नारायण रेग्मीको संयोजकत्वमा सरकारले जाँजवुझ समिति बनाएको थियो। समितिले सर्वोच्चमा बुझाएको प्रतिवेदनमा शाक्यले फेवातालको जग्गा मिचेको उल्लेख छ। साथै होटलबाट निस्कने पानी हानिकारक भएको देखिएको छ।

शाक्यको मुद्दा साप्ताहिक पेसी सूचीको ११ औं नम्बरमा थियो। शाक्यको रिसोर्ट मापदण्ड विपरित भएको भन्दै स्थानीयले समेत भत्काउन माग गर्दै आएका छन्। कास्की क्षेत्र नम्बर ३ 'ख' का प्रदेश सांसद राजिव पहारीले फेवातालको सुन्दरता विग्रने गरी बनाइएका संरचना हटाउनु विकल्प नभएको बताए। सम्वन्धित निकायले समयमै यसबारे नसोच्ने हो भने फेवाताल तस्बिरमा मात्र हेर्न पर्ने अवस्था आउन सक्ने उनको भनाई छ।

फेवाताल अतिक्रमणबारे नागरिकन्यूजले तयार पारेको भिडियो

 

प्रकाशित: ३१ श्रावण २०७५ ०७:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App