१३ आश्विन २०८१ आइतबार
image/svg+xml

बङ्गलादेशविरुद्ध नेपाललाई पहिलो वलमै सफलता, सोमपालले लिए विकेट

आइसिसी विश्वकप क्रिकेट–२०२४ अन्तर्गत समूह ‘डी’ को आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेश विरुद्ध खेलिरहेको छ।

नेपालले टस जित्यो, बङ्गलादेशलाई पहिला ब्याटिङ्ग गर्न निम्तो

वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा अबको केहीबेरमा सुरु हुने खेलमा नेपालले टस जितेर बङ्गलादेशलाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको छ।

आइसिसी टी २० : पाकिस्तानविरुद्ध आयरल्यान्डले १०६ रन बनायो

आइसिसी टी २० विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध आयरल्यान्डले १०६ रन बनाएको छ । टस हारेर पहिला व्याटिङ गर्ने निम्तो पाएको आयरल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको हो।

स्कटल्यान्डमाथि अस्ट्रेलियाको जितसँगै इङ्ग्ल्यान्ड सुपर ८ मा

समूह ‘बी’ अन्तर्गत आज भएको खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराउँदै अस्ट्रेलियाले रोमाञ्चक जित हात पारेको हो।

दक्षिण अफ्रिकाविरुद्ध नेपालले छैठौ विकेट गुमायो

दक्षिण अफ्रिकाविरुद्ध नेपालले छैठौ विकेट गुमायो छ ।आईसिसी टी–२० विश्वकपमा दक्षिणअफ्रिकाविरुद्ध नेपालले लगातार तीन विकेट गुमाएको छ । चौथौ पाँचौ र छठौ विकेट गुमाएको छ।१८ दशमलब १ ओभरमा नेपालले ६ विकेट गुमाएर ११० बनाएको छ ।नेपालले खेल जित्न ११६ रन बनाउनु पर्नेछ ।

दक्षिण अफ्रिकाविरुद्ध नेपालले तेस्रो विकेट गुमायो

आईसिसी टी–२० विश्वकपमा दक्षिणअफ्रिकाविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ।तेस्रो विकेटकको रुपमा अनिल साह २४ बलमा २७ रन बनाएर आउट भए । नेपालले तेस्रो विकेट १३ दशमलब ४ ओभरमा ८५ रन बनाउँदा गुमाएको हो ।

दक्षिण अफ्रिकाविरुद्ध नेपालले दोस्रो विकेट गुमायो

आईसिसी टी–२० विश्वकपमा दक्षिणअफ्रिकाविरुद्ध नेपालले दुई विकेट गुमाएको छ।नेपालले कप्तान रोहित पौडेल र कुसल भुर्तेललाई गुमाएको हो ।

पावर प्लेमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले ३२ रन बनायो

आईसिसी टी–२० विश्वकपमा दक्षिणअफ्रिका विरुद्ध नेपालले ३२ रन बनाएको छ । नेपाले ६ ओभरमा कुनै विकेट नगुमाएर ३२ रन बनाएको हो । नेपालका लागि कुसल भुर्तेलले १२ रन तथा आसिफ शेखले १४ रन बनाए ।

दक्षिण अफ्रिकाले ११५ रन बनायो, भुर्तेलले चार विकेट लिए

आईसिसी टी–२० विश्वकपमा नेपालविरुद्ध दक्षिणअफ्रिकाले ११५ रन बनाएको छ । दक्षिणअफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको हो।नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । कुसल भुर्तेले ४ विकेट लिए ।

दक्षिण अफ्रिकाको पाँचौ विकेट गयो ,दिपेन्द्रले तेस्रो विकेट लिए

आईसिसी टी–२० विश्वकपमा दक्षिणअफ्रिका विरुद्ध नेपालले पाँचौ विकेट लिएको छ । दिपेन्द्र सिंह ऐरीले पाँचौ विकेट लिएका हुन । उनले व्यक्तिगत तेस्रो विकेट लिएका छन ।

दक्षिण अफ्रिकाको तेस्रो विकेट गयो ,कुशल भुर्तेलले दुई विकेट लिए

आईसिसी टी–२० विश्वकपमा दक्षिणअफ्रिका विरुद्ध नेपालले तेस्रो विकेट लिएको छ । कुशल भुर्तेलले तेस्रो विकेट लिएका हुन ।

आईसिसी टी–२० विश्वकप: दक्षिण अफ्रिका विरुद्ध नेपालले दोश्रो विकेट लियो

आईसिसी टी–२० विश्वकपमा दक्षिणअफ्रिका विरुद्ध नेपालले दोस्रो विकेट लिएको छ । कुशल भुर्तेलले दोस्रो विकेट लिएका हुन ।उनले एडेन माक्ररमलाई १५ रनमा आउट गरेका हुन । दक्षिण अफ्रिकाको दोस्रो विकेट ११ दशमलब २ ओभरमा ६८ रन हुँदा खसेको हो ।

आईसिसी टी–२० विश्वकप: दक्षिण अफ्रिका विरुद्ध नेपालले एक विकेट लियो

आईसिसी टी–२० विश्वकपमा दक्षिणअफ्रिका विरुद्ध नेपालले पहिलो विकेट लिएको छ । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले विकेट लिएका हुन । उनले क्विन्टन डि ककलाई १० रनमा आउट गरेका हुन

आईसिसी टी–२० विश्वकप: दक्षिण अफ्रिका विरुद्ध नेपालले टस जित्यो

आईसिसी टी–२० विश्वकपमा दक्षिणअफ्रिका विरुद्ध नेपालले टस जितेको छ । टस जितेर नेपालले पहिला फिल्डिङ रोजेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्