सरकारलाई साना दलको पनि ‘अविश्वास’
प्रतिनिधिसभामा रहेका प्रायः सबै साना दलले प्रधानमन्त्री पुष्पकमल दाहालललाई विश्वासको मत नदिने भएका छन्।
प्रतिनिधिसभामा रहेका प्रायः सबै साना दलले प्रधानमन्त्री पुष्पकमल दाहालललाई विश्वासको मत नदिने भएका छन्।
नेपाली कांग्रेस र एमालेको पछिल्लो मिलापपत्रसँगै संघीय संसद्मा सांगीतिक दोहोरी सुनिन थालेको हो। नमीठा शब्द वाणले विपक्षीमाथि प्रहार हुने संसद्मा गाइएका मायाका दोहोरीलाई कतिपयले रमाइलो मानेका छन्।
संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने छन्।
अर्थमन्त्री वर्षमान पुनले गत वैशाखमा सम्पन्न तेश्रो लगानी सम्मेलनले नेपालमा विदेशी लगानीका लागि उपयुक्त आधार रहेको सन्देश दिएको बताएका छन्।
प्रतिनिधि सभाका सदस्य शान्ति बि.क.ले बलात्कार घटनाका अपराधीलाई कठोर कानूनी कारबाही गर्न सरकारसँग माग गरेकी छिन्।
विगतमा भएका सहमति विपरित सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको भन्दै निरन्तर संसद अवरुद्ध गर्दै आइरहेको प्रतिपक्षी दल नेपाली कांग्रेस र सरकारबीच आइतवार संसदमै घम्साघम्सी भएको छ।
सांसदहरूले एसइई परीक्षामा ५२ प्रतिशत भन्दा बढी अनुत्तीर्ण भएका भन्दै यस सम्बन्धमा गहन अध्ययन गर्नुपर्ने धारणा राखेका छन्।
नेकपा (एमाले) का सांसद पृथ्वीसुब्बा गुरुङले राज्यका सबै संयन्त्रहरूलाई संघीय लोकतान्त्रिक गणतन्त्रमैत्री बनाउनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरुले केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका धेरै स्थानमा धनजनको क्षति भएको हुँदा उद्धार, राहत तथा पुनःस्थापनका लागि सरकारसँग आग्रह गरेका छन्।
नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले आफूले टेरामक्स भित्राएर कल बाइपास गरेर हुने गरेको अर्बौं रुपैयाँ घोटाला रोकेको बताएका छन्।
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपाली सेनाका रथि अशोकराज सिग्देलको उमेर विवादको सम्बन्धमा प्रधान सेनापति प्रभुराम शर्मासँग जवाफ माग गरेका छन्।
आजको बैठकमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेतले जलस्रोत विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने जलस्रोत विधेयक, २०८१ प्रस्तुत गर्नेछन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विक्रम पाण्डेले देशका किसानको अवस्था रेगिस्तानको मृगको जस्तो भएको टप्पणी गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद डा. चन्दा कार्कीले बाल विवाह गर्ने÷गराउनेलाई कडा कारबाही गर्नुपर्ने बताएकी छन्।
नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले दुग्ध किसानहरूले सरकारसँग भिख नभइ पसिनाको मूल्य माग गरेको बताएका छन्।