४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सल्यान र रुकुम पश्चिममा चट्याङ, दैलेखमा बँदेलको आक्रमण

सल्यानः सल्यानमा चट्याङ लागेरे एकजना बालिकाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। कुमाख गाउँपालिका–३, चिनाली की ६ वर्षीया हिमानी रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

सल्यान र रुकुम पश्चिममा चट्याङ, दैलेखमा बँदेलको आक्रमण

सल्यानमा चट्याङ लागेरे एक जना बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । कुमाख गाउँपालिका–३, चिनालीकी ६ वर्षीया हिमानी रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सिन्धुलीमा चट्याङ लागेर एकको मृत्यु

चट्याङ लागेर सिन्धुलीमा एक जनाको मृत्यु भएको छ । यहाँको हरिहरपुरगढी गाँउपालिका वडा नम्बर २ श्रीपुर बस्ने रामजी राईको ३० वर्षिय छोरा पुरुषोतम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी हवल्दार उमा घलानले जानकारी दिइन् ।

चट्याङबाट दुईको मृत्यु, सात घाइते

दक्षिणी धादिङको थाक्रे गाउँपालिका–३ बालुवाखर्कमा गए राति परेको चट्याङका कारण दुई जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन्।

चट्याङ लागेर दुई जनाको मृत्यु

चट्याङ पर्दा खोटाङमा दुई जनाको मृत्यु भएको छ। शनिबार साँझ पानीसँगै परेको चट्याङले केपीलासगढी गाउँपालिका–१ फेदी तोमानेका पर्खजित राईको १५ वर्षीय छोरा राजमनी राई र छिमेकी ३८ वर्षीय निर्मला बिकको मृत्यु भएको हो।

चट्याङ लागेर याम्फुदिनमा एक जना घाइते, एक घरमा आगलागी

गएराति परेको चट्याङ लागेर ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं ८ याम्फुदिनमा एक महिला घाइते भएकी छन्।

चट्याङ लागेर धादिङमा एक जनाको मृत्यु

धादिङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। उत्तरी जिल्लाको खनियाबास गाउँपालिका वडा नं २ गोरगाङमा बुधबार लागेको चट्याङले ४२ वर्षीय रामसिंह तामाङको मृत्यु भएको प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए।

चट्याङ लाग्दा घरमा आगलागी, ११ लाखको क्षति

बिहीबार राति विरुवा गाउँपालिका-७ हगतेमा चट्याङ लाग्दा एक घरमा आगलागी भएको छ। बिहीबार राति ८ बजेको समयमा स्थानीय देविमाया गुरुङको १ तले कच्ची घरमा अचानक चट्याङ परी आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीले बताए।

चट्याङ लागेर म्याग्दीमा दुईको मृत्यु, दुई घाइते

उत्तरी म्याग्दीको खिवाङ गाउँमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। अन्नपूर्णगाउँपालिका–६ खिवाङकी ४१ वर्षिया यामकुमारी गर्बुजा र २६ वर्षिय रविन पुनको शनिबार राति चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

चट्याङ लागेर बैतडीमा बालिकाको मृत्यु

चट्याङ लागेर बैतडीमा एक बालिकाको मृत्यु भएको छ। शिवनाथ गाउँपालिका–२ टाँडीखर्ककी १२ वर्षीया निर्मला मडैको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

मेघ गर्जन, चट्याङ र हावाहुरीसहित बर्षाको सम्भावना

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरै जसो स्थानमा मेघ गर्जन चट्याङ र हावाहुरीसहित बर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चट्याङ लागेर तीन जनाको मृत्यु

दाङमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ। शनिबार परेको चट्याङले जिल्लाको तुलसीपुरमा दुई र घोराहीमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। एकाएक मडारिएको बादलसँगै शनिबार चट्याङ परेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्