४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

चट्याङ लागेर सोमबार साँझ ६ बजे सोलुखम्बुमा एकजनाको मत्यु भएको छ भने खोटाङमा दुईजना घाइते भएका छन्।

चट्याङ्ग लागेर दुई बालकको मृत्यु

डोटीको जोरायलमा चट्याङ्ग लागेर बुधबार दुई बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जोरायल गाउँपालिका–२ डाँडाखालीमा खेम भण्डारीको घरको भान्साकोठामा दिउँसो दुई बजे चट्याङ्ग परेको हो।

झापामा चट्याङ लागेर एकको मृत्यु

वर्षासँगै परेको चट्याङका कारण गएराति झापाको कचनकबल गाउँपालिका–१ कुटी निवासी ५५ वर्षीय महेशलाल यादवको मृत्यु भएको छ।

चट्याङ लागेर एकको मृत्यु ४ घाइते

उदयपुरको कटारी नगरपालिकामा चट्याङ लागेर १ महिलाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। बुधबार साँझ ७ः३० बजे घरमै बसिरहेका बेला हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर कटारी नगरपालिका १३ मोहनीटारकी ४६ वर्षीया हिरामाया जोसीको मृत्यु भएको प्रहरीले जनाएको छ।

चट्याङबाट घाइते सैनिकलाई काठमाडौं लगियो

चट्याङ लागेर गम्भीर घाइते भएका पाँच सैनिकलाई हेलिकप्टरबाट थप उपचारको लागि काठमाडौं लगिएको छ। मंगलबार साँझ ७ः५० बजे दशरथचन्द नगरपालिका–२ कठपतेमा चट्याङमा परी शत्रुमर्दन गुल्मका २२ सैनिक घाइते भएका थिए। जंगल तालिमको लागि क्याम्पमा बसेका सैनिक घाइते भएका हुन्।

बैतडीमा चट्याङ लागेर २२ सैनिक घाइते

चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन्।  मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालीम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपति, सेनानी सुदीप बानियाँले जानकारी दिए।

चट्याङ पर्दा एकैघरका तीन जना घाईते

चट्याङ पर्दा ओखलढुंगामा एकैघरका तीन जना घाईते भएका छन्। पानीसँगै परेको चट्याङ लागेर चिसंखुगढी गाउँपालिका–४ का ६५ वर्षीय बुद्धीबहादुर बिश्वकर्मा, उनका ३४ वर्षीय बुहारी कृष्णलक्ष्मी बिश्वकर्मा र १० वर्षका नाती कुशल बिश्वकर्मा घाईते भएका हुन्।

चट्याङले उदयपुरमा एकको मृत्यु

उदयपुरमा गएराति चट्याङ लागेर एक बृद्धको मृत्यु भएको छ। अघिल्लो मध्यराति वर्षासँगै परेको चट्याङ लागेर त्रियुगा नगरपालिकाको पहाडी वडा १५ नम्बर साउनेको सालथुम्काकी ६५ वर्षीया छलिमाया मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

सोलुखुम्बुमा चट्याङ लागेर २को मृत्यु, २ घाइते

सोलुखुम्बुको जुबुमा चट्याङ लागेर दुई जनाको ज्यान गएको भने २ जना घाइते भएका छन् । शनिबार अपरान्ह दुधकौसिका गाउँपालिका ४ निवासी १४ र १० वर्षीय बालकको चट्याङ लागेर ज्यान गएको प्रहरी चौकी सुकेपोखरीका प्रहरी सहायक निरीक्षक हरि खड्काले बताए ।

चट्याङ पर्दा एकको मृत्यु

विजुली चम्केर हावाहुरी चलेको बेला चट्याङ पर्दा मोवाईल चार्ज गरेर बसेका एक युवकको मृत्यु भएको छ। जिल्लाको याङवरक गाँउपालीका–५ मुडे भन्ने ठाँउमा विवश भनिने वल बहादुर तावाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्