हिमाली जिल्ला मनाङमा पनि कोरोना संक्रमित भेटिए
हिमालपारिको जिल्ला मनाङमा पहिलोपटक एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। उनी सहित गण्डकी प्रदेशमा विहीबार कोरोनाका थप ४२ जना संक्रमित फेला परेका छन्। गण्डकी प्रदेशमा अब मुस्ताङ बाहेक सबै जिल्लामा संक्रमित भेटिएका छन्।