५ आश्विन २०८१ शनिबार
image/svg+xml

जलस्रोत, पर्यटन र कृषिका क्षेत्रमा लगानी गर्न जापानी प्रतिनिधि मण्डललाई राष्ट्रपतिको आग्रह

राष्ट्रपति पौडेलले नेपालमा जलस्रोत, पर्यटन र कृषिजस्ता क्षेत्रमा लगानीका लागि उपयुक्त वातावरण भएको र सरकारले हालैमात्र कानुनमा सुधार गरेर लगानीका लागि उपयुक्त वातावरण सृजना गरेको बताए।

दोलखाको भीमेश्वरमा राष्ट्रपतिको तर्फबाट क्षमा पूजा (तस्बिरहरू)

प्रसिद्ध दोलखा भीमेश्वरमा शिलामा पसिना आएपछि राष्ट्रपतिको तर्फबाट शुक्रबार क्षमा पूजा गरिएको छ।

भीमेश्वर मन्दिरको महाप्रसाद राष्ट्रपति पौडेललाई प्रदान

दोलखा भीमेश्वर मन्दिर गुठी तथा व्यवस्थापन समितिका पदाधिकारी र पुजारीसहितको टोलीले आइतबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेललाई सो महाप्रसाद प्रदान गरेको छ।

ओलम्पिकमा सहभागी हुन जाने नेपाली टोलीको बिदाइ

३३औँं गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जाने नेपाली खेलाडीको बिदाइ गरिएको छ। शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीलाई शुभकामनासहित बिदाइ गरेका हुन्।

लोक-संस्कृतिले सामाजिक सद्भावलाई सुदृढ तुल्याउन योगदान दिएको छ: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले लोक–संस्कृति र साहित्यिक जगतले हाम्रो राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ तुल्याउन योगदान दिएको बताएका छन्।

संगीत र नाट्य कला भावी पुस्ताको लागि महत्वपूर्ण सम्पत्ति: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले संगीत र नाट्य कला समाजको अभिन्न अंग भएको र यो हाम्रो पहिचान, इतिहास र भावी पुस्ताको लागि महत्वपूर्ण सम्पत्ति भएको बताएका छन्।

राष्ट्रपति पौडेल र चीनका उपविदेशमन्त्री वेइतोङबिच शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका मित्रराष्ट्र चीनका उपविदेशमन्त्री सुन वेइतोङले बुधबार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन्।

जलवायु परिवर्तनमा नेपालको प्राथमिकताका एजेण्डा स्थापित: शीतल निवास

राष्ट्रपति रामचन्द्र पौडेलको स्वीजरल्यान्ड र जर्मनीको भ्रमणले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्व जगतले नेपालजस्ता अति कम विकसित पर्वतीय मुलुकहरूको प्रथामिकतालाई केन्द्रमा राख्नुपर्ने विषय अन्तर्राष्ट्रिय जगतमा स्थापित गरेको दाबी शीतल निवासले गरेको छ।

जर्मनीमा राष्ट्रपति पौडेललाई 'गार्ड अफ अनर'

जर्मन भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको छ।

बर्लिनको पर्खाल भ्रमणमा राष्ट्रपति पौडेल (तस्बिरसहित)

प्रथम महिला सविता पौडेलसहित रहेका राष्ट्रपति पौडेलले तत्कालीन पूर्वी र पश्चिम जर्मनीबीचको भत्किएको बर्लिन पर्खालसहित ऐतिहासिक स्थलको अवालोकन गरेका हुन्।

राष्ट्रपतिद्वारा जर्मनीमा रहेका जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार जर्मनीका जलवायु परिवर्तनका क्षेत्रमा विज्ञान प्रविधि तथा अनुसन्धान गर्दै आइरहेका संस्थाहरूको अवलोकन गरेका छन्। जर्मनीको पोट्सडाम अवस्थित ती संस्थाहरूको राष्ट्रपति पौडेलले भ्रमण गरेका थिए।

सामाजिक न्यायका लागि जलवायु न्यायलाई बिर्सन मिल्दैन : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन नमिल्ने बताएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेल जेनेभा प्रस्थान (तस्बिरसहित)

राष्ट्रपति रामचन्द्र पौडेल ९ दिन लामो विदेश भ्रमणका लागि निस्किएका छन् । उनी मंगलबार साँझ स्वीजरल्याण्ड र जर्मनीको भ्रमणमा निस्किएका हुन् ।

लोकतन्त्र सुदृढ हुन मोरल अथोरीटीको सम्मान गर्ने संस्कार आवश्यक : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको सुदृढीकरणका लागि ‘मोरल अथोरीटी’ को सम्मान गर्ने संस्कार आवश्यक रहेको बताएका छन् । उनले राजनीतिक दलहरुको भूमिका जनताप्रति उत्तरदायी हुनुपर्ने बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्