५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रपतिले प्रमाणीकरण गरे संक्रमणकालीन न्यायसम्बन्धी विधेयक

राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक प्रमाणीकरण गरेका छन् ।  

राष्ट्रपति पौडेलले विहीवार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।  

सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि राष्ट्रपतिसमक्ष सो विधेयक पेस भएको थियो । उक्त विधेयक बुधबारमात्रै सभामुख देवराज घिमिरेले प्रमाणीकरण गरेका थिए । 

प्रकाशित: १३ भाद्र २०८१ १६:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App