नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ
शीतल निवासमा बिहीबार एक कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना प्रदेश प्रमुखलाई शपथ गराएका हुन्।
शीतल निवासमा बिहीबार एक कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना प्रदेश प्रमुखलाई शपथ गराएका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न पुष्पलालको ठूलो योगदान रहेको बताएका छन्।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले परिकल्पना गरेको राजनीतिक स्थायित्व, विकास र सुशासनका माध्यमबाट देशलाई समृद्धिको बाटोमा लैजान सकेमात्र अग्रजहरूले परिकल्पना गरेको लक्ष्यमा पुग्न सकिने बताएका छन्।
राष्ट्रपति पौडेलले नेपालमा जलस्रोत, पर्यटन र कृषिजस्ता क्षेत्रमा लगानीका लागि उपयुक्त वातावरण भएको र सरकारले हालैमात्र कानुनमा सुधार गरेर लगानीका लागि उपयुक्त वातावरण सृजना गरेको बताए।
प्रसिद्ध दोलखा भीमेश्वरमा शिलामा पसिना आएपछि राष्ट्रपतिको तर्फबाट शुक्रबार क्षमा पूजा गरिएको छ।
दोलखा भीमेश्वर मन्दिर गुठी तथा व्यवस्थापन समितिका पदाधिकारी र पुजारीसहितको टोलीले आइतबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेललाई सो महाप्रसाद प्रदान गरेको छ।
३३औँं गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जाने नेपाली खेलाडीको बिदाइ गरिएको छ। शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीलाई शुभकामनासहित बिदाइ गरेका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले लोक–संस्कृति र साहित्यिक जगतले हाम्रो राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ तुल्याउन योगदान दिएको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल शीतलनिवासबाट फर्किएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले संगीत र नाट्य कला समाजको अभिन्न अंग भएको र यो हाम्रो पहिचान, इतिहास र भावी पुस्ताको लागि महत्वपूर्ण सम्पत्ति भएको बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका मित्रराष्ट्र चीनका उपविदेशमन्त्री सुन वेइतोङले बुधबार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलको स्वीजरल्यान्ड र जर्मनीको भ्रमणले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्व जगतले नेपालजस्ता अति कम विकसित पर्वतीय मुलुकहरूको प्रथामिकतालाई केन्द्रमा राख्नुपर्ने विषय अन्तर्राष्ट्रिय जगतमा स्थापित गरेको दाबी शीतल निवासले गरेको छ।
जर्मन भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको छ।
प्रथम महिला सविता पौडेलसहित रहेका राष्ट्रपति पौडेलले तत्कालीन पूर्वी र पश्चिम जर्मनीबीचको भत्किएको बर्लिन पर्खालसहित ऐतिहासिक स्थलको अवालोकन गरेका हुन्।