आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेकी नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटी जेन भोल्कले राष्ट्रपति रामचन्द्र पौडेलसँग विदाई भेट गरेकी छन् ।
शीतल निवासमा सोमबार राजदूत जेन भोल्कले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गर्दै नेपाल र अस्ट्रलियाबीचको आपसी सम्बन्धबारे चर्चा गरेकी हुन् ।
भेटमा दुई देशबीचको आपसी सम्बन्ध, आसपी हित र चासोका विषयमा कुराकानीसमेत भएको शीतल निवासले जनाएको छ ।
राष्ट्रपति पौडेलले राजदूत जेन भोल्कलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद दिएका थिए ।
प्रकाशित: २८ श्रावण २०८१ १७:०६ सोमबार