२९ असार २०८३ सोमबार
image/svg+xml

लगातार तेस्रो दिन नेप्सेमा गिरावट, कारोबार रकम ७ अर्ब ४६ करोड नाघ्यो

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक लगातार तेस्रो दिन पनि ओरालो लागेको छ।

घर बलियो भए सदन पनि बलियो हुन्छ: भीष्मराज आङदेम्बे

आङदेम्बेले पार्टीभित्र सशक्त बहस र बलियो आवाज उठ्न सके संसद्को भूमिका पनि थप प्रभावकारी बन्ने बताएका छन्।

२६ लाख थान सवारी लाइसेन्स छापियो, साउनदेखि वितरण गर्ने

पहिलो चरणमा छापिएका १२ लाख लाइसेन्समध्ये अधिकांश वर्षौंदेखि रोकिएका ब्याकलग लाइसेन्स थिए।

पूर्वप्रेमिकाको भिडियो र तस्बिर दुरुपयोग गर्ने दुई जना पक्राउ

प्रहरीले सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या अश्लील सामग्री दुरुपयोग गरेको आरोपमादुई जनालाई पक्राउ गरेको छ।

हराएका ५१ दुई पाङ्ग्रे सवारीसाधन फिर्ता

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ५१ वटा दुई पाङ्ग्रे सवारीसाधन सम्बन्धित सवारी साधनधनीलाई हस्तान्तरण गरेको छ।

सरकारले ल्यायो जेन-जी प्याकेज- मुद्दा फिर्तादेखि सरकारी सेवामा प्राथमिकता

सरकारले जेन-जी आन्दोलनका सहिद परिवार तथा घाइतेहरूका लागि पुनर्स्थापना, जीवनयापन र सामाजिक संरक्षणसम्बन्धी एकीकृत विशेष प्याकेज स्वीकृत गरेको छ।

कारभित्र लुकाएको अपराध : पाँच भारतीय नागरिक रंगेहात पक्राउ

प्रहरीका अनुसार कारबाट 'बुप्रेनोर्फिन, डाइजेपाम र फेनारगन' का १८ सय थान एम्पुल र ५१० थान ट्रामाडोल क्याप्सुल बरामद भएको छ।

विशेष अदालतबाट सफाइपछि टेलिकमकी प्रबन्धनिर्देशक अर्यालको पुनर्बहाली

पदबहालीपछि आयोजित कार्यक्रममा प्रबन्धनिर्देशक अर्यालले कर्मचारीहरूलाई संस्था र देशको हितमा निष्ठापूर्वक काम गर्न कुनै डर वा दबाबमा नपर्न आग्रह गरिन्।

गगने खोलामा फेरि पहिरो, कर्णाली राजमार्ग अवरुद्ध

कर्णाली राजमार्गअन्र्तगत कालीकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो जाँदा यातायात सेवा पुनः अवरुद्ध भएको छ।

विधि विज्ञान प्रयोगशाला प्रभावकारी बनाउन कार्यान्वयन संयन्त्र बलियो हुनुपर्छ : मन्त्री पुन

पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई प्रभावकारी र परिणाममुखी बनाउन अनुगमन, मूल्याङ्कनसँगै कार्यान्वयन पक्षलाई मजबुत बनाउनुपर्ने बताएका छन्।

पहिरोमा पुरिएर दुई जनाको मृत्यु

कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–६, पोरिबनस्थित माथिल्लो काभ्रे खोलामा पानीघट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ।

गणेश नेपालीको शव परिवारले बुझ्यो, अन्त्येष्टिको तयारी

गणेश नेपालीका परिवारले घटनाको निष्पक्ष छानबिनको माग गर्दै ज्यानसम्बन्धी महलअन्तर्गत प्रहरी वृत्त कालिमाटीमा जाहेरी दर्ता गराएका छन्।

पोखरा महानगरले गर्‍यो ३२० बेवारिसे चौपायाको उद्धार

पोखरा महानगरपालिकाले सडकमा छाडा छोडिएका ३२० भन्दा बढी बेवारिसे चौपायाको उद्धार गरी सुरक्षित व्यवस्थापन गरेको छ।

पर्यटक बसेको होटलको कोठाभित्रै जब भालु पस्यो...

होटलका कर्मचारीहरूले जानकारी दिएअनुसार घटनाको रात मुख्य प्रवेशद्वार पाहुनाहरूको आवतजावतका कारण खुला छोडिएको थियो।

गृह मन्त्रालय प्रवेशमा रोक लगाएपछि बच्चासहित सिंहदरबार गेटमै धर्ना बसिन् निहारिका

प्रवेशमा रोक लगाएपछि बिनु यादव विरोधस्वरूप सडकमै सुतेर प्रदर्शनमा उत्रिएकी थिइन् भने निहारिका आफ्नो नाबालक छोरालाई काखमा च्यापेर वर्षाको बीचमा गेटबाहिर बसेकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्