१३ आश्विन २०८१ आइतबार
image/svg+xml

टीकापुर विमानस्थल चाँडै सञ्चालनमा आउँछ: मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले टीकापुर विमानस्थल चाँडै सञ्चालनमा आउने बताएका छन्।

डुँडेझारी–टीकापुर सडकका ठाउँठाउँमा खाल्डा

सडकको कालोपत्रे भत्किएर ठाउँ ठाउँमा ठूल्ठूला खाल्डा पर्न थालेका छन्। निर्माण सम्पन्न भएको दुई/तीन वर्षमै सडकमा खाल्डा परेपछि गुणस्तरीयता माथि शंका गर्न थालिएको छ।

तत्काल राहतको व्यवस्था गरिनुपर्छ: वरिष्ठ नेता पौडेल

कैलालीको टीकापुरमा आज आयोजित एक कार्यक्रममा उनले बाढीपीडित क्षेत्रमा तत्काल राहतको व्यवस्था गरिनुपर्ने र दीर्घकालीनरुपमा राहतको प्याकेज घोषणा गरिनुपर्ने बताएका हुन्।

सोत्तर बनेको धान हेरेर टोलाउँछन् किसान

बाढीले सोत्तर बनाएको धान हेर्छन अनि घर फर्किन्छन्। घर बस्दा मन मान्दैन। खेतमा पुगे जमिनमा उम्रिन थालेको धान काट्ने हिम्मत आउँदैन।

टीकापुरको मुख्य बजार डुबानमा

टीकापुर नगरपालिका भवन आसपासको बलभद्र चोक, सिद्धार्थ चोक, रारा मार्ग, अस्पताल रोडका पसल डुबानमा परेका छन्।

टीकापुर खानेपानीले तीन गुणा बढी महशुल बढायो

टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले पानीको महशुल तीन गुणा बढाएको छ।

लागुऔषधको ‘हटस्पट’ बन्दै टीकापुर

युवायुवती लागुऔषध दुव्यर्सनमा फसेपछि विभिन्न आपराधिक क्रियाकलापका घटना बढेका छन्। प्रहरीका अनुसार लागुऔषध दुव्यर्सनमा संलग्न १५ देखि ३५ वर्ष उमेरका धेरै छन्। पछिल्लो समय दुव्यर्सनमा फस्नेमा युवासँगै युवतीको संख्यासमेत त्यत्तिकै बढेको छ।

टीकापुर नगरपालिकाको नवौं नगरसभा पुनः स्थगित

टीकापुर नगरपालिकाको नवौं नगरसभा वडा विभाजनमा सहमति जुट्न नसकेपछि आज पुनः स्थगित भएको छ। नगरसभा असार १९ गते १ बजेसम्मका लागि स्थगित भएको सदस्य सचिव मोहन अर्यालले जानकारी दिए। असार ६ गते सुरु भएको नगरसभा यसअघि १० गते समेत स्थगित भएको थियो।

टीकापुर नगरपालिका: वडा विभाजनको मुद्दा पेचिलो

टीकापुर नगरपालिकाको वडा विभाजनको प्रस्ताव पेचिलो बन्दै गएको छ। बुधवार बसेको कार्यपालिका बैठक वडा विभाजनको प्रस्तावमा विवाद भएपछि स्थगित भएको छ। बैठक बिहिवार बिहान ७ बजेसम्मका लागि स्थगित भएको हो।

टीकापुर नगरपालिकामा तालाबन्दी

टीकापुर नगरपालिका–१ वनगाउँका बासिन्दाले आज नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्। उनीहरुले वडा विभाजनको विषयमा असहमति जनाउँदै तालाबन्दी गरेका हुन्।

टीकापुर अस्पतालको सारथि ‘पहल परियोजना’

परियोजनाले मातृ शिशु स्वास्थ्यलाई ध्यानमा राखेर अस्पतालमा आफ्नै खर्चमा एक स्त्रीरोग विशेषज्ञ र दुई स्टाफ नर्स राखेको छ। परियोजनाको सहयोगमा स्त्रीरोग विशेषज्ञसहितको सेवा पाएपछि यस क्षेत्रका बासिन्दाले राहत महसुस गरिरहेका छन्।

मन्दिरका नाममा बजेटको दुरुपयोग

टीकापुर नगरपालिका–१ सिँचाइ कार्यालय नजिकै दर्जन बढी मन्दिर लहरै देख्न सकिन्छ। ती मन्दिर विभिन्न जातजाति र भेगका मानिसले निर्माण गरेका हुन्। कतिपय मन्दिरसँग जग्गाको स्वामित्व छ भने धेरैजसो मन्दिर जग्गा कब्जा गरेर निर्माण गरिएका छन्।

टीकापुर अस्पतालमा संक्रमितको संख्या ह्वात्तै घट्यो

कैलालीको टीकापुर अस्पतालमा कोरोना संक्रमितको संख्या ह्वात्तै घटेको छ। अस्पतालका अनुसार विगत दश दिन यता एकजना कोरोना संक्रमित मात्रै उपचारका लागि भर्ना भएका छन्।

द्वन्द्वकालमा बन्द भएको टिकापुर विमानस्थल अझै सञ्चालनमा आएन

देश शान्ति प्रक्रियामा गइसकेपछि विमानस्थल अतिक्रमणमा पर्‍यो। त्यहाँ सयौँ घरटहरा बने। अन्ततः विमानस्थल सञ्चालनमा ल्याउने सबै सरोकारवालाको सहमतिपछि मुक्त कमैया सुकुम्बासीलाई त्यहाँबाट स्थानान्तरण गरियो। विमानस्थल खाली भयो। विमानस्थल खाली गराउँदा पनि करोडौँ रुपैयाँ खर्च भएको तत्कालीन विमानस्थल सञ्चालक समितिका अध्यक्ष टीकाराम जैशीले बताए।

कोरोनामा टीकापुर अस्पतालः डाक्टरको टिम, जसले स्थिति सम्हाल्यो

उनको टिममा थिए डा. संवाद खरेल र डा. सन्दिप यादव। स्टाफ नर्सको कमाण्ड सम्हालिन नर्सिङ अधिकृत कमला बिष्टले। कोभिड जनरल वार्डमा चारजना स्टाफ नर्स खटिए। उनीहरुलाई महामारीको खासै अनुभव थिएन। आँखैअघि मान्छे मर्न थालेपछि स्टाफ नर्स आत्तिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्