५ आश्विन २०८१ शनिबार
image/svg+xml

कोसीमा १६ गते साँझ ५ बजेभित्र नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखकाे आह्वान

कोसी प्रदेशमा नयाँ सरकार गठनको लागि आह्वान गरिएको छ। कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।

सर्वोच्चद्वारा कोशी प्रदेशका मुख्यमन्त्री थापाको नियुक्ति बदर

बिहिबार भएको फैसलामा न्यायाधीश ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले कोशी प्रदेश सरकार गठनमा सभामुखको सहभागिता संविधानविपरित ठहर गर्दै मुख्यमन्त्री थापाको नियुक्ति बदर गरेको हो।

कोशी सरकारविरूद्धको रिटमा आज आदेश आउन सक्ने

न्यायाधीशहरू इश्वरप्रसाद खतिवडा, ‍आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा सुनुवाई भइरहेको मुद्दामा आज आदेश आउने सम्भावना धेरै छ।

कोसी सरकारविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा

प्रतिवादी तर्फका कानुन व्यवसायीले मंगलबार नै बहस सुरु गरे पनि नसकिएकाले ‘हेर्दाहेर्दै’ मा राखिएको हो।

संयुक्त इजलासले टुंग्याउन सकेन कोशीको विवाद

सर्वोच्च अदालतको संयुक्त (दुईजना न्यायाधीश सम्मिलित) इजलासले कोशी प्रदेश सरकारको मुद्दा जटिल कानुनी विषय भएको बताउँदै टुंगाउन नसक्दा पूर्ण (तीन वा त्यसभन्दा बढी न्यायाधीश सम्मिलित) इजलासमा पठाउने आदेश गरेको छ।

कोशी प्रदेशविरुद्धको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश

कोशी प्रदेश सरकार विरुद्ध दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले पूर्ण इजलासमा पठाउन आदेश दिएको छ।

कोशी प्रदेशविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ मा

कोशी प्रदेशमा मुख्यमन्त्री चयन गर्दा असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमा आज सुनुवाइ हुन सकेन।

प्रेमीको निहुँमा सप्तकोशी किनारमा युवतीहरुको ‘ग्याङ फाइट’

दुई दिनअघि (साउन २९ गते) बराहक्षेत्र वडा नं. ८ को कोशी किनार राजावास चिहान डाडामा घुम्दै गएका युवतीमध्ये दुई समूहबीच भनाभन भएको र त्यसपछि कुटाकुट भएको घटना यतिबेला रोचक बनेर सार्वजनिक भएको छ।

कोशी ,बागमती र गण्डकीमा आज भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ् सहित भारी वर्षा को समेत सम्भावना रहेको छ।

कोशी र मधेशमा बिहानैदेखि भारी वर्षा

अहिले बिहान कोशी र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षा भइरहेको छ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ‍केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

सर्वोच्चको आदेशले अलमलमा कोशी सरकार

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले गठन भइसकेको सरकारका विषयमा कुनै टिप्पणी नगरी बुधबार अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चको यो आदेश अन्तिम भने होइन। यस आदेशले कोशी सरकार भने अलमलमा परेको छ।

भोटेकोशीमा पानीको बहाव वढेपछि सावधान रहन आग्रह

भोटेकोशी नदीमा पानीको बहाव एक्कासि बढ्दै गएकाले पूर्वसावधानी अपनाउन रसुवा प्रहरीले अनुरोध गरेको छ।

कोशी सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

बुधवार न्यायाधीश सपना प्रधान मल्लको इजलासले कोशी सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको हो।

कोशी प्रदेश सरकार गठनविरूद्धको मुद्दा हेर्न नभ्याइनेमा

सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सोमबार सुनुवाइको पेसी तोकिएको थियो। समय अभावका कारण हेर्न नभ्याइने भएको हो।

कोशी प्रदेशमा मन्त्री परिषद् बिस्तार

कोशी प्रदेशको मन्त्री परिषद बिस्तार गरिएको छ। कोशी प्रदेशका मुख्यमन्त्री उद्घब थापाले आज मन्त्री परिषद् बिस्तार गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्