४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बागमती प्रदेशमा एकमात्रै महिला मन्त्री

बुधबार बागमती प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। यसअघि १४ वटा रहेको प्रदेशको मन्त्रालय संख्या ११ वटामा झारिएको छ। ११ सदस्यीय मन्त्रिपरिषद्मा एकजना मात्रै महिलाको प्रतिनिधित्व भएको छ।

सोनाम ल्होछारले सबैमा सुख, शान्ति र समृद्धि अभिवृद्धि हुन सकोस्: प्रदेश प्रमुख शर्मा

प्रदेश प्रमुख शर्माले आज एक सन्देश जारी गर्दै ‘सोनाम ल्होछार’ तामाङ समुदायमा नयाँ वर्षका रूपमा धुमधामका साथ मनाइने पर्व भएको उल्लेख गरेका छन्।

उत्पादनमुखी उद्योगमा जोड दिनुपर्छ: मुख्यमन्त्री जम्मकट्टेल

अहिलेको व्यापार घाटा घटाउने विषय चुनौतीको विषय रहेको उल्लेख गर्दै मुख्यमन्त्री जम्मकट्टेलले उत्पादनमुखी उद्योगमा जोड दिनुपर्ने बताए।

पाचौं बागमती गोल्डकपको उपाधी भुट्निजलाई

संकटा क्लवलाई निराश पार्दै मकवानपुरको बागमती गाउँपालिकामा सम्पन्न पाँचौं राष्ट्रिय बाग्मती गोल्डकप फुटबल प्रतियोगिताको उपाधी भुट्निज युथ स्पोर्ट्स क्लव अमेरिकाले जितेको छ।

बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिँदै

प्रदेशसभाको आज अपराह्न बस्ने बैठकको सो कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

सफाइ अभियान चलेपनि बागमती नदीमा फोहर फाल्न रोकिएन

अभियानकर्मी किशोरसिंह शाहीले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले निर्माण गरेको भकारी एवं चौरमा बसी गुह्रेश्वोरी मन्दिर अगाडि गौरीघाट नजिकैको नदी किनारमा फोहोर फाल्ने काम नियमित भएको बताए।

एपिएफलाई हराउँदै संकटा सेमिफाइनलमा

सशस्त्र प्रहरीको एपिएफ क्लवलाई हराउँदै संकटा क्लव पाँचौ राष्ट्रिय बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। संकटाले एपिएफलाई १–० गोलले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो।

बागमती गोल्डकप: भुट्निज स्पोर्टस् सेमिफाइनलमा

मकवानपुरको बागमती गाउँपालिकामा जारी पाँचौ राष्ट्रिय बागमती गोल्डकप फुटबल प्रतियोगितामा अमेरिकाको भुट्निज स्पोर्टस् क्लव सेमिफाइनल प्रवेश गरेको छ।

बागमती प्रदेश सभामुखका लागि तीनजनाको उम्मेदवारी

सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भुवनकुमार पाठकले उम्मेदवारी दर्ता गराएका छन्। उनको प्रस्तावकमा नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलिया र समर्थकमा नेकपा (माओवादी केन्द्र)का युवराज दुलाल छन्।

बागमती गोल्डकप: मछिन्द्रलाई हराउँदै एपिएफ क्वाटरफाइनलमा

ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लवलाई हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लव पाँचौ बागमती गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेकाे छ।

बागमती गोल्डकप: हिसुबको ह्याट्रीकमा जावलाखेलको सहज जित

दोस्रो हाफमा मैदान प्रवेश गरेका हिसुब थपलियाको ह्याट्रीकसँगै ५-० गोलले जावलाखेल यूथ क्लवले पाँचौ बागमती गोल्डकपमा विजय यात्रा सुरु गरेको छ।

बागमती प्रदेशसभाको पहिलो बैठक सोमबार बस्ने

प्रदेशसभा सचिवालयमा भोलि बिहान ८ बजे सर्वदलीय बैठक बसेर दिउँसोको प्रदेशसभा बैठकमा प्रस्तुत हुने कार्यसूची तयार गरीने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए।

बागमती गोल्डकप पुष २४ गतेबाट

माघ ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ७ वटा ए डिभिजन क्लव, एउटा विदेशी र दुइवटा मोफसलको क्लव गरी १० वटा टिमको सहभागिता हुने पक्का भएको आयोजकले जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्