४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सोनाम ल्होछारले सबैमा सुख, शान्ति र समृद्धि अभिवृद्धि हुन सकोस्: प्रदेश प्रमुख शर्मा

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोनाम अर्थात् तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछार २८५९ ले सबैमा सुख, शान्ति र समृद्धि अभिवृद्धि हुन सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

प्रदेश प्रमुख शर्माले आज  एक सन्देश जारी गर्दै ‘सोनाम ल्होछार’ तामाङ समुदायमा नयाँ वर्षका रूपमा धुमधामका साथ मनाइने पर्व भएको उल्लेख गरेका छन्। उनले सबैमा सुख, शान्ति र समृद्धि अभिवृद्धि हुन सकोस् भन्ने शुभकामना व्यक्त गरेका हुन्।

शुभकामना सन्देशमा भनिएको छ, ‘नव वर्ष आरम्भको यस सुखद् घडीमा ल्होसार पर्व मनाउने समुदायका स्वदेश–विदेशमा रहनुहुने दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण नेपालीहरूप्रति सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।’

शुभकामना सन्देशमा उनले विविधतामा एकता, सद्भाव र सामाजिक सहिष्णुता एवं बन्धुत्व र पारस्परिक मेलमिलाप नै हाम्रो समाजको मूल चरित्र भएको जनाउँदै हाम्रा यस्ता राष्ट्रिय धरोहरप्रति हामी सबैले गौरवबोध गर्न सक्नुपर्ने बताए। उनले यस्ता पर्वले  सामूहिक हित, आपसी सम्मान र भाइचाराको सम्बन्ध विकास तथा विस्तारमा प्रेरित गर्न सकोस् भन्ने शुभकामना सन्देशमा व्यक्त गरेका छन्।रासस

प्रकाशित: ८ माघ २०७९ ०५:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App