४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

एक्साभेटर लगाएर कालिगण्डकी दोहन

अव्यवस्थितरुपमा गिटी वालुवा झिक्दा कालिगण्डकी नदी संकटमा परेको छ। उच्च अधिकारीहरुकै मिलेमतोमा नदीमा दोहन बढेको हो। निर्माण सामाग्री अभाव भएको बहाना बनाएर क्रसर ब्यवसायीले खुलमखुला नदीमा एक्साभेटर र डोजर लगाएर दोहन तिब्र पारेका हुन। केही दिनअघि जिल्ला समन्वय समितिमा गोप्य छलफल गरी क्रसर ब्यवसायीले नदीमा नदीजन्य बस्तुको उत्खनन्लाई तिब्र बनाएका हुन।

बूढीगण्डकी : अब के गर्ने ?

फ्रान्सको ट्रयाक्टबेलले तयार पारेको १२ सय मेगावाटको बूढीगण्डकी आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन र टेन्डर कागजपत्र तयारी अवस्थामा हुँदाहुँदै तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले टेन्डरबिनै यो आयोजना गत जेठमा चीनको गेजुवा कम्पनीलाई इपिसिएफ मोडेलमा बनाउन दिने भनेर एमओयु गरे ।

कालीगण्डकी ‘ए’ मा विद्युत् उत्पादन घट्यो

मुलुककै ठूलो कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनामा विद्युत् उत्पादन घटेको छ। चिसो मौसमसँगै नदीको बहाव घटेका कारण छिमेकी जिल्ला स्याङ्जाको मिर्मीमा रहेको आयोजनाले १४४ मेगावाट उत्पादन दिँदै आएकामा यतिबेला दैनिक ८० मेगावाटमा झरेको छ।

यी हुन् बुढीगण्डकीमा लगानी गर्ने स्वदेशी संस्था

समितिले पहिचान गरेका लगानी गर्ने संस्था र निकायहरुमा नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण, सम्झौतित बचत गर्ने संस्थाहरु (कर्मचारी संचय कोष, नागरिक लगानी कोष, राष्ट्रिय विमा संस्थान, बीमा कम्पनीहरु) लगायत जलविद्युत लगानी तथा विकास कम्पनी, नेपाल टेलिकम, माथिल्लो तामाकोशी जलविद्युत कम्पनी, चिलिमे जलविद्युत कम्पनी, सेना र प्रहरीका कल्याणकारी कोषहरु रहेका छन् । यसैगरी सर्वसाधारण र गैर–बैंकिङ वित्तिय संस्थाहरुको समेत लगानी रहन सक्ने समितिको सुझाव छ ।

बुढीगण्डकीमा स्वदेशी लगानीको खाका प्रस्तुत

बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि लगानीको खाका तय गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । समितिका संयोजक एवं योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले सोमवार उर्जा मन्त्रालयमा आयोजित समारोहमा लगानीको खाका सम्बन्धी प्रतिवेदन उपप्रधान एवं उर्जामन्त्री कमल थापालाई बुझाए ।

कलिगण्डकी करिडोरमा स्काभेटर पुरियो, एक बेपत्ता

वेगनाशकाली ६, मन्द्राङ्गमा स्काभेटर पुरिँदा एक जना बेपत्ता भएका छन् । रोकिराखेको स्काभेटरमा पहिरो खस्दा स्काभेटर सहित सहचालक सुनिलकुमार सिंह बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बूढीगण्डकी स्वदेशी लगानीमै

बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना अन्ततः स्वदेशी लगानीमै बनाउने निर्णय सरकारले गरेको छ । यो राष्ट्रिय गौरवको आयोजना हो।  उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाको प्रस्तावमा उक्त आयोजना स्वदेशी लगानीमा  बनाउने निर्णय शुक्रबार मन्त्रिपरिषद्ले गरेको हो।

बूढीगण्डकी आयोजना स्वदेशी लगानीमा बनाइने

नेपालको ऊर्जा क्षेत्रमा नयाँ आयम थप्ने राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बहुचर्चित एवं बहुप्रतिक्षित बूढीगण्डकी जलविद्युत् आयोजना अन्ततः स्वदेशी लगानी र सीपमा नै निर्माण हुनेभएको छ।

यसरी सम्भव हुन सक्छ स्वदेशी लगानीमा बूढीगण्डकी आयोजना

वार्षिक औसतमा रु ३२ अर्ब ५० करोड विनियोजन हुन सकेको खण्डमा आगामी आठ वर्षभित्र राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने सरकारले विश्वास लिएको छ।

बाम सरकार बनेपछि बुढीगण्डकी बनाउन गेजुवालाइ नै दिन्छाै : अोली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुढी गण्डकी आयोजनाको निर्माणकर्ता गेजुवा कम्पनी खारेजको निर्णय बाम सरकारले उल्टाउने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघद्वारा साेमवार आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा अध्यक्ष ओलीले चुनाव गराउने सरकारले शान्ति सुरक्षाको सट्टा लाइसेन्स बाँड्ने र खोस्ने काम गरेको भन्दै त्यसलाई उल्ट्याउने बताए ।

विदेशी मिडियामा बूढीगण्डकी- ‘चिनियाँबाट खोसेर भारतीयलाई सुम्पिँदै’

चिनियाँ कम्पनीसँग खोसिएको बूढीगण्डकी जलविद्युत् आयोजना भारतीय कम्पनीलाई सुम्पने तयारी गरेको विदेशी मिडियाहरुले लेखेका छन् ।

बूढी गण्डकी राष्ट्रघात !

सरकारले बूढी गण्डकी जलविद्युत् आयोजनाको ठेक्का रद्द ग¥यो । यो त्यही ठेक्का हो जुन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले अन्तिम समयमा निर्णय गरेको थियो । यो निर्णय गरिँदा नेपाली काँग्रेस सरकारमा थियो । जलस्रोत मन्त्री जनार्दन शर्मा थिए । यो निर्णयको विरोध कि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरे, कि त संसद्को कृषि तथा जलस्रोत समितिले ग¥यो ।

मिस गण्डकी सिजन चारको ताज ऋतिका गुरुङलाई

शनिबार होटल पोखरा ग्राण्डमा सम्पन्न नागरिक पश्चिमेली मिस गण्डकी सिजन चारको ताज पोखरा अमर सिंहचोककी १८ वर्षिया ऋतिका गुरुङले जितेकी छिन्।१६ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधि जितेकी हुन्। चाँदीको ताजसँगै उनले एक लाख असी हजार रुपैयाँ बराबरको स्कुटर पुरस्कारस्वरुप प्राप्त गरिन्।

सरकार निकै पुर्वाग्रही भएर बुढीगण्डकीको सम्झौता खारेज गर्योः दाहाल

दाहाल प्रधानमन्त्री हुँदा भएको सो सम्झौता रद्द गर्ने निर्णय सोमबारको मन्त्रीपरीषद बैठकले गरेको थियो । ‘एकलौटी ढंगले त्यसलाई खारेज गर्ने निर्णय गरेर सरकार देशको आर्थिक विकास र सम्वृद्धि होइन निक्कै संकिर्ण राजनैतिक स्वार्थ र पुर्वाग्रहमा चलेको छ भन्ने प्रमाण मात्रै हो यो’ दाहालले भने । कम्पनीसँग मात्रै नभएर चीन सरकारका प्रतिनिधिसँग पनि सँगै बसेर गरेको निर्णय एकाएक खारेज हुनु गलत भएको उनले बताए ।

बुढीगण्डकीबारे मन्त्रिपरिषद्‍मा चर्काचर्की

शेरबहादुर देउवा नेतृत्वको सरकारका दुई वरिष्ठ जिम्मेवार मन्त्रीले दिएका यी परस्पर विरोधी अभिव्यक्तिले सोमबारको मन्त्रिपरिषद् बैठकमा बुढीगण्डकी आयोजनाबारे चर्को विवाद भएको देखाएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्