४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बुढीगण्डकीमा स्वदेशी लगानीको खाका प्रस्तुत

उर्जा मन्त्रालय सिंहदरवारमा आयोजित समारोहमा उपप्रधान एवं उर्जा मन्त्री कमल थापालाई प्रतिवेदन हस्तान्तरण गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्ले । तस्विरः दिपेश श्रेष्ठ

काठमाडौ– बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि लगानीको खाका तय गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । समितिका संयोजक एवं योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले सोमवार उर्जा मन्त्रालयमा आयोजित समारोहमा लगानीको खाका सम्बन्धी प्रतिवेदन उपप्रधान एवं उर्जामन्त्री कमल थापालाई बुझाए । 
देउवा सरकारले गत कार्तिक २७ गते बुढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनी गेजुवा समूहलाई निर्माण जिम्मा दिने पुष्पकमल दाहाल सरकारको निर्णय खारेज गरेको थियो । सरकारको निर्णयपछि वाम गठबन्धनका दलहरुले चुनावी नारा बनाएर आफ्नो सरकार बनेपछि पुनः गेजुवालाई नै निर्माण ठेक्का दिने सार्वजनिक घोषणा गरेपछि देउवा सरकारले बुढीगण्डकी आयोजना स्वदेशी लगानी मै निर्माण गर्ने र लगानीको खाका अध्ययन गर्न वाग्लेको संयोजकत्वमा अध्ययन समिति बनाएको थियो । 
आयोजना निर्माण सम्पन्न गर्न दुई खर्ब ६० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यस आयोजनाको प्रतिमेगावाट करिब २०–२१ करोड रुपैयाँ लाग्ने अनुमान छ । स्वदेशी लगानीको खाका सम्बन्धी थप विवरण प्राप्त हुन बाँकी छ । 
 

 


 

 

प्रकाशित: ३ पुस २०७४ ०७:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App