३ मंसिर २०८१ सोमबार
image/svg+xml

१२ वर्षीय छात्रले पारसलाई गरे बोल्ड, पढाई र खेललाई सँगै लैजान सुझाव (फोटो फिचर)

नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले क्रिकेटर बन्नका लागि पढाई र खेललाई सँगसँगै निरन्तरता दिनुपर्ने बताएका छन्। स्टार क्रिकेट एकेडमीको आयोजना तथा एक्सपर्ट एजुकेशनको समन्वयमा क्रिकेटरलाई प्रशिक्षण दिन भैरहवा आएका कप्तान खड्काले खेलाडीलाई पढाई र क्रिकेटलाई सँगसँगै लैजान सम्भव भएकोले त्यसका लागि समय व्यवस्थापन गर्न सुझाव दिए।

एसिया कपमा सहभागी हुने खेलाडी छनोट, काे-काे परे ?

यसै महिना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ (उन्नाइस वर्षमुनि) एसिया कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट सहभागी हुने  खेलाडी छनोट गरिएको छ।

ऋषभलाई ‘रिप्लेस’ गरे श्रेयसले

भारतीय राष्ट्रिय क्रिकेट टोलीमा युवा खेलाडी ऋषभ पन्तको स्थान अर्का युवा खेलाडी श्रेयस अय्यरले लिएका छन्।

‘फाटेको जुत्ता लगाएर क्रिकेट खेलें’

'जब मैले बच्चादेखि नै क्रिकेट खेल्न शुरु गरेँ मलाई आज यो अवस्थामा आइपुग्छु भन्ने लागेकै थिएन', तनहुँको व्यास नगरपालिकाका युवामाझ आफ्नो अनुभव सुनाउँदै नेपाली क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले भने ।

क्रिकेटको अम्पायरिङ कोर्स सुरु

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा शुक्रबारदेखि दुईदिने अम्पायरिङ र स्कोरिङ रिफ्रेसर कोर्स सुरु भएको छ।

गौचरनबाट फेरिएको क्रिकेट मैदान

अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नाम दिएर देउखुरी, लमहीमा निर्माण थालिएको खेलमैदान लामो समयसम्म गौचरन बन्दै आयो। खेल निर्माणमा आएको सुस्तताका कारण अन्तर्राष्ट्रिय स्तरको भनिएको उक्त खेलमैदान गौरचन मात्रै हैन, मोटर ड्राइभिङ सेन्टरसमेत बन्यो। यही खेल मैदानलाई गाडी सिकाउनका लागि उपयुक्त थलो बनाइयो। यति मात्रै हैन, मेलामहोत्सव लाग्ने थलो पनि यही मैदान बन्यो। यसले खेलमैदानलाई थप कुरूप बनाउँदै लग्यो।

क्रिकेटर सन्दीपलाई अमेरिकी दूतावासले 'रिभ्यू'का लागि बोलायो

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा रिभ्यू गर्न फेरि बोलाएको छ।

क्रिकेटर सन्दीपलाई अमेरिकाले दिएन भिसा

अमेरिककी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले समाजिक संजालमा एक ट्वीट गर्दै आफूलाई अमेरिकाले भिसा नदिएको जानकारी गराएका छन् ।

नेपालले ट्वान्टी–२० क्रिकेट शृंखला खेल्ने पक्का

ओमानमा हुने पाँच राष्ट्रको ट्वान्टी–२० क्रिकेट शृंखलामा नेपालले सहभागिता जनाउने पक्का भएको छ । ओमानले आयोजना गर्ने शृंखलामा आयोजकसहित नेपाल, हङकङ, संयुक्त अरब इमिरेट्स (युएई), नेदरल्यान्ड्स र आयरल्यान्डले सहभागिता जनाउने पक्का भएको नेपाली क्रिकेट टोली व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए ।

हटाइए दक्षिण अफ्रिकी क्रिकेट प्रशिक्षक

क्रिकेट दक्षिण अफ्रिका (सिएसए) ले आइतबार राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक ओटिस गिब्सन र उनको समग्र प्रशिक्षण टोलीलाई हटाउने निर्णय गरेको छ। गत साता बसेको सिएसएको बैठकले हालै मात्र इङ्ल्यान्डमा सम्पन्न एकदिवसीय क्रिकेट विश्वकपमा टोलीले १० मध्ये सातौं स्थानमा चित्त बुझाउनु लज्जास्पद भएको समीक्षा गर्दै प्रशिक्षक र उनको टोलीलाई हटाउने निर्णय गरेको थियो।

नेतृत्वविहीन नेपाली क्रिकेट, खस्कँदो प्रदर्शनमा जिम्मेवार को ?

नेपालका मुख्य प्रशिक्षक उमेश पटवालले हालै सिंगापुरमा सम्पन्न आइसिसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा केही नयाँ प्रयोग गर्ने प्रयास गरे। प्रतियोगिताको पहिलो खेलमा कमजोर प्रतिद्वन्द्वी कतारलाई नतिजा सुम्पिएको नेपाल अघिल्लो चरणका लागि महŒवपूर्ण मानिएको खेलमा प्रतियोगिताभर सुदृढ प्रदर्शन गरेको सिंगापुरसँग लज्जास्पद हार व्यहोर्न बाध्य भयो।

सागको महिला क्रिकेट पोखरामा

पोखरामा साग महिला क्रिकेट प्रतियोगिता गर्ने प्रारम्भिक तयारी गरिएको छ। कीर्तिपुर र मुलपानी क्रिकेट मैदानको निरीक्षणपछि राष्ट्रिय खेलुकद परिषद्(राखेप)ले महिला क्रिकेट प्रतियोगिता पोखरा रंगशालामा आयोजना गर्ने सम्भावना बढेको हो। पोखरामा आयोजना गर्ने सम्भावना बढेपछि आवश्यक पुर्वाधारसमेत मैदान मर्मत सम्भारको गृहकार्य सुरु गरिएको छ।

‘खेल जीवन तत्कालै टुङग्याउने योजना छैन’

सानदार शतकका साथ टेस्ट क्रिकेटमा सुखद पुनरागमन गरेसँगै अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्थिमले तत्काल खेल जीवन टुङग्याउने कुनै योजना नभएको प्रतिक्रिया दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्