काठमाडौं– नेपाली क्रिकेट टिमले ओमनमा ५ देश सम्मिलित टी २० सिरिज खेल्ने भएको छ।
अक्टोबर ५ देखि १० सम्म हुने प्रतियोगितामा नेपाललगायत आयोजक ओमन, आयरल्याण्ड, हङकङ् नेदरल्याण्ड सहभागी हुनेछन्। तालिका अनुसार नेपालले पहिलो खेल अक्टोबर ६ मा हङकङविरूद्ध खेल्ने छ। त्यस्तै अक्टोबर ७ मा नेदरल्याण्डस्, अक्टोबर ९ मा आयरल्याण्ड र अक्टोबर १० मा आयोजक ओमानसँग प्रतिस्पर्धा गर्ने छ।
प्रकाशित: २४ श्रावण २०७६ ११:५६ शुक्रबार