१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

१२ वर्षीय छात्रले पारसलाई गरे बोल्ड, पढाई र खेललाई सँगै लैजान सुझाव (फोटो फिचर)

भैरहवा– नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले क्रिकेटर बन्नका लागि पढाई र खेललाई सँगसँगै निरन्तरता दिनुपर्ने बताएका छन्। 

स्टार क्रिकेट एकेडमीको आयोजना तथा एक्सपर्ट एजुकेशनको समन्वयमा क्रिकेटरलाई प्रशिक्षण दिन भैरहवा आएका कप्तान खड्काले खेलाडीलाई पढाई र क्रिकेटलाई सँगसँगै लैजान सम्भव भएकोले त्यसका लागि समय व्यवस्थापन गर्न सुझाव दिए। पहिला विद्यार्थी जीवनमा समय भुलाउनका लागि कि पढ्ने र खेल्ने बाहेक अरु काम नभएको भए पनि अहिले समाजिक सञ्जाल र मोबाइलले केही अवरोध गरे पनि सक्षम क्रिकेटर बन्नका लागि पढाईलाई निरन्तरता दिन आवश्यक रहेको बताए।

उनले पढाई त्यागेर दिनरात फिल्डमा दौडिनु भन्दा दैनिक २ घण्टा खेलेर क्रिकेटर बन्न सकिने थुपै उदाहरणहरु भएकोले पढाई त्यागेर राष्ट्रिय खेलाडीको सपना नदेख्न सुझाव दिए। नेपालको राष्ट्रिय क्रिकेट टिममा पहिलेदेखि धेरै खेलाडी नभएकोले टिमका खेलाडी परिवर्तन गर्न नमिलेको बताउँदै खडकाले अहिलेको समयमा क्रिकेटप्रति धेरैको चासो भएकोले खेलाडी उत्पादन भइरहेको र राष्ट्रिय टिममा पनि नयाँ अनुहार आउने विश्वास व्यक्त गरे।

नेपालमा क्रिकेटको संरचना नभएको कारण समस्या भइरहेको तथा संरचना र आवश्यक पूर्वाधारका लागि सरोकारवाला निकाय लागिपरेकाले अफगानिस्तान लगायतका देशहरुझैं अबको केही वर्षमै अन्तर्राष्ट्रिय खेलमा नेपालले पनि सहभागिता जनाउने बताए।

पडसरीस्थित अन्तर्राष्ट्रिय क्रिकेटर शक्ति गौचनको क्रिकेट एकेडेमीमा कप्तान पारस खड्काले व्याटिङ गरेका थिए भने उपस्थित क्लब र विद्यालयका खेलाडीले बलिङ गरेका थिए। बलिङ र व्याटिङ सम्बन्धी टेक्निकल कुरा सँगै आफ्नो अनुभवहरु साटेका  खड्काले करिब २० वटा विद्यालयका क्रिकेट खेलाडीलाई निःशुल्क प्रशिक्षण दिएका थिए।

प्रशिक्षण कार्यक्रममा गरिएको ‘बल टु पारस खड्का’ मा बलिङबाट कप्तानलाई बोल्ड गर्न सफल नमस्ते एकेडमीका कक्षा ७ मा अध्ययनरत १२ वर्षीय रंजित मौर्य र अविष्कार ज्ञवालीलाई ५÷५ हजारले पुरस्कृत गरिएको थियो। उपस्थित विद्यालयको क्रिकेट टिमलाई एकसपर्ट एजुकेशनकै तर्फबाट पारस खडकाद्वारा हस्ताक्षरित ब्याट प्रदान गरिएको थियो।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App