३ मंसिर २०८१ सोमबार
image/svg+xml

क्रिकेटका पूर्वकप्तान श्रेष्ठको निधन

आठ महिनादेखि रक्त क्यान्सरको उपचार गराइरहेका मकवानपुर क्रिकेटका पूर्वकप्तान निरज श्रेष्ठको निधन भएको छ।

इन्डोर स्कुल क्रिकेट हुने

क्यान्भास इन्डोर स्कुल क्रिकेट प्रतियोगितामा १६ स्कुलले सहभागिता जनाउने भएका छन्। आयोजक क्यानभास बोर्डिङ स्कुलले पत्रकार सम्मेलनमार्फत आइतबारदेखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दियो। स्कुल स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित सानै संरचनाको इन्डोर क्रिकेट प्रतियोगिता गर्न लागिएको आयोजक स्कुल क्यानभासका प्रिन्सिपल रमेशकुमार लिङ्देनले जानकारी दिए। सहभागि टोलीलाई चार समूहमा विभाजन गरी खेलाइने भएको छ।

मुलपानी क्रिकेट रंगशालाको निरीक्षण

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले निर्माण भइरहेको मूलापानी क्रिकेट मैदानको शुक्रबार निरीक्षण गरेका छन्।

मालिङ्गाको विकल्प खोज्दै श्रीलंका

अनौठो कपाल भएका तीव्र गतिका बलर लासिथ मालिङ्गाले एकदिवसीय क्रिकेटबाट संन्यासको घोषणा गर्दा श्रीलंका अर्का तीव्र गतिका बलरको खोजीमा छ।

विश्वकप छनोटः पहिलो खेलमा नेपाल पराजित

सिंगापुरमा जारी आइसिसी टी–२० विश्वकप एसिया छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ।

नेपाल क्रिकेट संघको निलम्बन यथावत्

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन यथावत् नै राखेको छ।

रोय पहिलो पटक टेस्ट टोलीमा

इङ्ल्यान्डलाई एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जिताउँदा प्रभावशाली प्रदर्शन गरेका ओपनर जसन रोयले पहिलो पटक टेस्ट टोलीमा स्थान बनाउन सफल भएका छन्।

सुपर ओभर चाहेका थिएनन् स्टोक्सले

न्युजिल्यान्डविरुद्ध सुपर ओभरमा सनसनीपूर्ण जित निकाल्दै पहिलो पटक एकदिवसीय क्रिकेट विश्वकपको उपाधि चुमेको इङ्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले आगामी दिनमा सुपर ओभर नचाहेको बताएका छन्।

कोहलीको शीर्षता यथावत्

भारतका कप्तान विराट कोहली र बलर जसप्रीत बुमराह अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले जारी गरेको एकदिवसीय क्रिकेटको वरीयतामा शीर्ष स्थानमा यथावत् छन्।

जन्मथलोमा क्रिकेट लोकप्रियता घट्दो

इङ्ल्यान्ड–वेल्समा सम्पन्न एकदिवसीय विश्वकपलाई क्रिकेट खेलको जन्मथलोमा यस खेलको लोकप्रियता बढाउने अवसरमा लिइएको थियो। तर आयोजक अझै पनि नयाँ पुस्ताका समर्थकलाई यस खेलप्रति आकर्षित भए वा नभएको भन्ने विषयमा भने स्पष्ट छैनन्।

अघिल्लोमा नायक यसमा फ्लप

आइसिसी विश्वकप क्रिकेटको १२औं संस्करणमा केही खेलाडीले उँचो प्रदर्शनबाट आफूलाई स्टार साबित गर्दा केही खेलाडीको प्रदर्शन भने निकै निराशाजनक भयो । इङ्ल्यान्ड र न्युजिल्यान्डबीचको फाइनल खेलमा पनि उनी नै थिए, जो सन् २०१५ को विश्वकपमा नायक रहे भने सन् २०१९ मा प्रदर्शनका कारण जिरो भए । ती हुन्– न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिल । उनले गत संस्करणको विश्वकपमा सनसनी मच्चाएका थिए । यस पटक भने उनको ब्याटिङ श्रीलंकाविरुद्धको खेलभन्दा बाहेक चल्न सकेन ।

न्युजिल्याण्डद्वारा इंग्ल्याण्डसामु २४२ रनको लक्ष्य

एकदिवसीय विश्वकपको उपाधिका लागि न्युजिल्याण्डले आयोजक इंग्ल्याण्डलाई २४२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्