दुवै टोलीलाई इतिहास बनाउने अवसर
आयोजक राष्ट्र इङ्ल्यान्ड र न्युजिल्यान्ड दुवै आइतबार लड्र्समा हुने १२औं संस्करणको विश्वकप क्रिकेटको फाइनल आफ्नो बनाउँदै पहिलो पटक विश्वकप क्रिकेटको उपाधि जित्न चाहन्छन्।
आयोजक राष्ट्र इङ्ल्यान्ड र न्युजिल्यान्ड दुवै आइतबार लड्र्समा हुने १२औं संस्करणको विश्वकप क्रिकेटको फाइनल आफ्नो बनाउँदै पहिलो पटक विश्वकप क्रिकेटको उपाधि जित्न चाहन्छन्।
मलेशियाविरुद्धको पहिलो टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले सहज जित हात पारेको छ।
श्रीलंकन अम्पायर कुमार धर्मसेनाले इङल्यान्ड र न्युजिल्यान्डबीचको एकदिवसीय क्रिकेट विश्वकप फाइनल खेलाउने भएका छन्। बिहीबार अस्ट्रेलिया र आयोजक इङल्यान्डबीचको सेमिफाइनलमा ओपनर जसन रोयलाई आउट दिँदा विवादमा तानिएका धर्मसेनालाई शुक्रबार आइसिसीले फाइनल खेलको जिम्मा दिएको हो। रोयको र जोनी बेयरस्टोको शतकीय साझेदारीमा इङल्यान्डले बिहीबार साबिकको विजेता अस्ट्रेलियालाई ८ विकेटले हराउँदै २७ वर्षपछि विश्वकप फाइनलमा प्रवेश गरेको थियो।
सिङ्गापुरमा आयोजना हुने आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले शनिबार मलेसियासँग खेल्ने भएको छ।
सेमीफाइनलमा अष्ट्रेलियालाई पराजित गर्दै आयोजक इंग्ल्याण्डले एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि न्युजिल्याण्डसँग भेट पक्का गरेको छ। पहिलो सेमीफाइनलमा भारतलाई पराजित गर्दै न्युजिल्याण्ड यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ।
एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता–२०१९ को च्याम्पियन बनेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज राति स्वदेश फर्कंदै छ।
इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत वर्षाले अवरुद्ध न्युजिल्याण्ड र भारतबीचको पहिलो सेमीफाइनल खेल बुधबार हुँदैछ। न्युजिल्याण्डले मंगलबार म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्ड मैदानमा टस जितेर ब्याटिङ गर्दै ४६.१ ओभरमा ५ विकेटको क्षतिमा २११ रन बनाउँदा वर्षाले खेल प्रभावित भएको थियो। म्यानचेस्टरमा करिब साँढे ४ घण्टा वर्षा भएको थियो।
भारतलाई दुई पटक विश्वकप क्रिकेटको उपाधि दिलाउन सफल महेन्द्रसिंह धोनी ‘राँचीका राजकुमार’ का रूपमा पनि परिचित छन्। गत आइतबार मात्र ३८औं वर्षका जन्मदिन मनाएका धोनीले भारतलाई एकदिवसीय र ट्वान्टी–२० क्रिकेटको उपाधि दिलाएका थिए।
एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेटको उपाधिका लागि नेपाल र हङकङबीचको खेलअघि एक अनौठो दृश्य देखिएको थियो। खेल अगाडि ब्याटिङ र बलिङमध्ये एक चयन गर्नका दुई पटक टस गर्नुपरेको थियो। मलेसियाको किनरारा ओभल मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले क्वाइन फाल्दा क्वाइन भुइँमा गाडिएपछि हेड र टेल दुवै निर्धारण भएन।
हङकङमाथि ६ विकेटको जित निकालेको नेपालले एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। उपाधिका साथ नेपाल यु–१९ एसिया कपमा छनोट भएको छ। अब नेपालले अगस्ट २८ देखि श्रीलंकामा आयोजना हुने यु–१९ एसिया कप खेल्नेछ। यसअघि भएको २०१७ को संस्करण पनि नेपालले फाइनलमा हङकङलाई ५ विकेटले पराजित गर्दै जितेको थियो।
सिङ्गापुरमा आयोजना हुने आइसीसी टी ट्वान्टी विश्वकप एशिया छनोट फाइनल खेल्ने जाने नेपाली क्रिकेट टोलीलाई आज बिदाइ गरिएको छ।
यस विश्वकपमा रोहित शर्माले निकै लोभलाग्दो प्रदर्शन गर्दा भारत लिगमा शीर्ष स्थानमा रहँदै विश्वकपको सेमिफाइनल पुग्यो। उनकै प्रदर्शनप्रेरित भारतले लिगका ९ मध्ये एक खेलमा मात्र इङ्ल्यान्डसँग हार बेहोरेको थियो। रोहितले एकपछि अर्को उत्कृष्ट ब्याटिङ गर्दा भारतले हरेक टोलीसँग चुनौती पेस गरेको थियो। उनै रोहित मंगलबार न्युजिल्यान्डसँगको सेमिफाइनलमा भारतका लागि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ उत्रँदै छ। भारतीय टोलीका लागि ओपनर रोहित निकै आशा गरिएका ब्याट्सम्यान हुन्।
नेपाल एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। मलेसियालाई पराजित गर्दै नेपाल रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको हो । मलेसियालाई नेपालले ७ विकेटले पराजित गर्दैफाइनलको ढोका खोलेको हो।
अघिल्लो विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका तत्कालीन कप्तान महेन्द्रसिंह धोनी यो संस्करणमा केही आलोचित भएका छन्। मध्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने सक्ने धोनी यो संस्करणमा भने राम्रो चल्न नसक्दा समर्थकबाट आलोचित भएका हुन्।
भेट्रान बलर लासिथ मालिङ्गा सदैव श्रीलंकाली क्रिकेट टोलीका लागि निकै आशा गरिएका बलर हुन्। टोलीको आशाअनुरूप मालिङ्गाले प्रदर्शन पनि गर्छन्।