५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

नेपाल र मलेसिया भिड्ने

काठमाडाैं– सिङ्गापुरमा आयोजना हुने आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले शनिबार मलेसियासँग खेल्ने भएको छ।

मलेसिया भ्रमणमा रहेको नेपाली टोलीले घरेलु टोलीसँग दुई टी–ट्वान्टी अन्तरराष्ट्रिय क्रिकेट शृङ्खला खेल्नेछ। क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा हुने शनिबारको खेल नेपाली समयअनुसार बिहान ७ः४५ बजे शुरु हुनेछ। त्यस्तै अर्को खेल नेपालले आइतबार खेल्नेछ। टी– ट्वान्टी सिरिज सकिएपछि नेपाली टोली त्यतैबाट सिङ्गापुर प्रस्थान गर्नेछ। हालसम्म टी–ट्वान्टी खेलमा नेपाल र मलेसिया चार पटक भिडेका छन्। नेपाल तीन तथा मलेसिया एक खेलमा विजयी भएको छ।

त्यहींबाट नेपाल साउन ४ गते सिंगापुर प्रस्थान गर्नेछ। सिंगापुरमा हुने आइसिसी ट्वान्टी–२० विश्वकपको एसियाली छनोटमा नेपालले साउन ७ गते कतारविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। साउन ८ गते दोस्रो खेलमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्नेछ भने ११ गते कुवेतविरुद्ध र १२ गते अन्तिम खेल आयोजक सिंगापुरविरुद्ध खेल्नेछ।

विजेता टोलीले ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने मौका पाउनेछ। नयाँ प्रशिक्षक उमेश पटवाल आएपछि नेपालले पहिलो प्रतियोगिता खेल्न लागेको हो। एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा विजयी टोलीका कप्तान रोहितकुमार पौडेल र पवन सर्राफ मलेसियाबाटै टोलीमा सामेल हुने व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए।

नेपाली टोली
पारस खड्का(कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, प्रदीप ऐरी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, अविनाश बोहरा, रोहितकुमार पौडेल र पवन सर्राफ।

प्रकाशित: २७ असार २०७६ १५:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App