भूकम्प प्रभावित क्षेत्रमा क्षति आकलन र स्थायी आवास लाभग्राही पहिचान गरिने
सरकारले भूकम्प प्रभावित क्षेत्रमा क्षति आकलन र स्थायी आवास लाभग्राही पहिचानको प्रक्रिया अघि बढाएको छ।
सरकारले भूकम्प प्रभावित क्षेत्रमा क्षति आकलन र स्थायी आवास लाभग्राही पहिचानको प्रक्रिया अघि बढाएको छ।
इलाम र बझाङमा भएको उपनिर्वाचनपछि नेकपा एमाले उत्साहित भएको छ। ‘मिसन २०८४’ को नारा लिएर ‘मिसन ग्रास रुट अभियान’ र ‘मध्यपहाडी पदयात्रा’ गरेको एमालेलाई उपनिर्वाचनमा हासिल उपलब्धिले उत्साहित बनाएको हो।
गत शनिबार बझाङमा प्रदेश सांसद र इलाममा संघीय सांसदका लागि भएको चुनावले मुलुकको राजनीतिक हावा कता बगिरहेको छ भन्ने बुझ्न सघाएको छ।
बझाङ (१) को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन्।
बझाङ– १ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता लिएका छन्।
बझाङ क्षेत्र नं. १ को प्रदेशसभा (क) मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहको अग्रता कायमै रहेको छ।
पछिल्लो मतपरिणमअनुसार नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंह दुई सय ४९ मतले अग्रता लिएका छन्।
बझाङ क्षेत्र नम्बर–१ ‘क’ मा मतगणना सुरु गरिएको छ। सदरमुकाम चैनपुरस्थित जिल्ला अदालतमा मतगणना थालिएको हो।
बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ।
बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय बैठकको तयारी भएको छ।
बझाङ क्षेत्र नं १ प्रदेशसभा (क) को उपनिर्वाचनमा आज दिउँसो ३ः२० बजेसम्ममा ४३ प्रतिशत मतदान भएको छ।
निर्वाचन आयोगले इलाम र बझाङमा उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि अर्थात् वैशाख १२ गते मध्यराति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म मौन अवधि लागू रहने छ।
निर्वाचन आयोगले आजदेखि उपनिर्वाचन हुने इलाम र बझाङबाहेकका जिल्लामा मतदाता नामावली दर्ता र अद्यावधिक सुरु गरेको छ।