१० मंसिर २०८१ सोमबार
image/svg+xml

‘कम्युनिष्ट रवैया जारी रहे सेयर लगानीकर्ता भाग्छन्’

कम्युनिष्ट सरकार पूँजी बजारप्रति नकारात्मक हुँदा सेयर बजारमा असर परेको नेपाल लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले आरोप लगाएका छन्। बिहीबार रेडियो नागरिकसँगको संवादमा अध्यक्ष अर्यालले सरकार पूँजी बजारलाई उत्साहित बनाउन भन्दा पनि नयाँ नयाँ प्रोपोगाण्डा गरेर निरुत्साहित गराउन उद्यत रहेकाले सेयर बजार निरन्तर ओरालो लागिरहेको दाबी गरे।

लगानीकर्ता आए उद्योग आएनन्

सेज प्राधिकरण भन्छ ‘सबै पूर्वाधार तयार भयो उद्योग स्थापना गर ।’ लगानीकर्ता भन्छन्, ‘उद्योग सञ्चालनका लागि पहिलो पूर्वाधार बिजुली नै नभई कसरी उद्योग खोल्नु ?’ विद्युत्का अधिकारीहरु भन्छन ‘सब–स्टेसन बनाउ बिजुली दिन्छौं ।’ विशेष आर्थिक क्षेत्र सेज प्राधिकरण, विद्युत् प्राधिकरण र लगानीकर्ताबीच यस्तो जुहारी चल्न थालेको एक वर्ष भयो ।

ब्रोकर र लगानीकर्ताको विरोधपछि शेयर बजार प्रभावित

हकप्रद तथा बोनस शेयरमा पूँजीगत लाभकर लगाइएको भन्दै लगानीकर्ता विरोधमा उत्रिएपछि म‌ंगलबार शेयर कारोवार प्रभावित भएको छ।

लाभकर वृद्धिले अल्पकालीन लगानीकर्तालार्ई घाटा

सरकारले सार्वजनिक गरेको आगामी वर्षको बजेटमा व्यक्तिगत पुँजीगत लाभकर ५० प्रतिशत वृद्धि गर्ने निर्णयले अल्पकालीन लगानीकर्तालाई नोक्सान हुने देखिएको छ ।व्यक्तिगत लगानीकर्ताले अहिले पुँजीगत लाभकर ५ प्रतिशत तिर्दै आएका थिए । बजेटमा त्यस्तो लाभकर ५० प्रतिशतले बढाएर ७.५ प्रतिशत पुर्याइएको छ । यसले थोरै नाफा लिएर छोटै समयमा सेयर किनबेच गर्ने लगानीकर्तालाई नोक्सान हुनेछ ।

बजेटको प्रतीक्षामा लगानीकर्ता

सरकारले आगामी वर्षका लागि मंगलबार ल्याउने बजेट सेयरमैत्री नआउने पूर्वअनुमान लगानीकर्ताले गरेका कारण सेयर बजार बढ्नुको साटो उल्टै घटिरहेको छ।

लगानीकर्ता प्रशिक्षण तथा जनचेतना अभिवृद्धि कार्यक्रम

नेपालगन्जमा लगानीकर्ता प्रशिक्षण तथा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम भएको छ । नेपाल धितोपत्र बोर्ड तथा नेपालगन्ज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा गत शनिबार उक्त कार्यक्रम भएको हो।

बुटबल पावरको सेयरमा लगानीकर्ता डुबाउने खेल

नेपाल धितोपत्र बोर्डले बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी)लाई साधारण सेयर निष्कासन (आइपिओ) नगरी थप निष्कासन (एफपिओ) गर्न अनुमति दिएपछि सर्वसाधारणलाई मर्का परेको त छँदछ, दोस्रो बजारमा पनि लगानीकर्ता डुबाउने खेल सुरु भएको छ । दोस्रो बजारमा केही सीमित व्यक्तिले चलखेल गरी बुटबल पावरको सेयर मूल्य घट्न नदिने अभियानमा लागेका छन् ।

लुम्बिनीमा बढ्यो चिनियाँ लगानीकर्ताको चासो

नेपाली व्यवसायीसँग साझेदारी गरी यस क्षेत्रमा लगानी गर्न चिनियाँ लगानीकर्ताले रुचि देखाएका छन् । यहाँ लगानी गर्न चासो राख्दै एक वर्षमा चिनियाँ व्यवसायीको चार टोलीले यस क्षेत्रको भ्रमण गरिसकेको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले जानकारी दिएका छन् ।

४४ करोड सुनका लगानीकर्ता को हो ?

महानगरीय प्रहरी अपराध महाशाखाले बरामद गरेको ८८ किलो सुनको मूल्य बुधबार अन्तर्राष्ट्रिय बजारमा करिब ४४ करोड रुपैयाँ छ । नेपालको भन्सारदर १० ग्रामबराबर ४ हजार २ सय रुपैयाँ हो । यसका आधारमा भन्सार छलेर सुन नेपाल भित्र्याउँदा किलोमा करिब ४ लाख रुपैयाँ फाइदा हुन्छ ।

अर्बभन्दा बढी लाभांश लिन अाएनन् लगानीकर्ता

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीले वितरण गरेको लाभांश बापतको एक अर्ब रुपैयाँभन्दा बढी रकम लगानीकर्ताले लिन आएका छैनन्। पाँच वर्षभन्दा पुरानो लाभांश लिन नआएपछि त्यस्तो रकम सरकारले छुट्टै कोष बनाएर जम्मा गर्न थालेको हो।

लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा नेप्से स्वाट्टै घट्यो

लगानीकर्ताले नाफा सुरक्षित गर्न थाल्दा सेयर बजार मापक नेप्से मंगलबार उच्च बिन्दुले घटेको छ । नेप्से निकै घटेको समयमा खरिद गरेका लगानीकर्ताले सेयर बिक्री गरेर नाफा भएको पैसा बुकिङ गर्न थाल्दा सेयर बजार ओरालो लागेको हो ।

'लगानीकर्ताको नेपालप्रतिको दृष्टिकोण फेरिएको छ'

विद्यार्थीकालदेखि राजनीतिमा संलग्न नवीन्द्रराज जोशी २०४६ को प्रजातान्त्रिक आन्दोलनपछि काठमाडौंको उपमेयरमा निर्वाचित भए। आफ्नो राजनीतिको दौरानमा पहिलो पटक वर्तमान मन्त्रिपरिषद्मा स्थान बनाउन सफल जोशीले उद्योग जस्तो नेपालमा त्यति ग्लामरस नमानिने मन्त्रीका रूपमा पनि इच्छाशक्ति भए काम गर्न सकिन्छ भन्ने उदाहरण देखाए।अ

लगानीकर्ताद्वारा १४ खर्ब नेपाल भित्र्याउने इच्छा, चीन पहिलो स्थानमा

दुई दिनसम्म काठमाडौंमा भएको लगानी सम्मेलनमा सहभागी अन्तर्राष्ट्रिय लगानीकर्ताले करिब १४ खर्ब रुपैयाँ (१३ अर्ब ५२ करोड अमेरिकी डलर) नेपालमा लगानी गर्ने इच्छा जाहेर गरेका छन्। नेपालमा लगानी भित्र्याउन रुचि देखाउनेमा उत्तरी छिमेकी चीन पहिलो स्थानमा छ।

लगानी सम्मेलन सुरु, २५० अन्तरार्ष्ट्रिय लगानीकर्ता सहभागी

प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको आर्थिक सम्वृद्धिको लागि वैदेशिक लगानी भित्र्याउन आवश्यक रहेको र यसको उपयुक्त वातावरण बनाउन सबैको एकमत रहेको बताएका छन्।

मार्जिन कलको हैरानी खेप्दै लगानीकर्ता

सेयरको मूल्य घट्ने क्रमसँगै सेयर धितोले नपुग्ने भएपछि बैंक तथा वित्तीय संस्थाले अपुग रकम वा नपुग रकम बराबरको सेयर थप्न लगानीकर्तालाई बारम्बार ताकेता गर्न थालेका छन्। लगानीकर्ताको धितोले नपुग्ने भएपछि उनीहरुले अपुग रकमको लागि मार्जिन कल गर्ने गर्छन्। यस्तो मार्जिन कलले लगानीकर्ता हैरानी खेप्दै आएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्