दैनिक ४१६ करोड गुमाउँदै लगानीकर्ता
सेयर बजार दिनहुँ ओरालो लाग्न थालेपछि लगानीकर्ताले दैनिक ४ अर्ब १६ करोड गुमाउँदै गएका छन्। गत साउन १२ गते २२ खर्ब रुपैयाँ हाराहारीमा पुगेको बजार पँुजीकरण बिहीबार १७ खर्ब ६ अर्बमा आइपुगेको छ।
सेयर बजार दिनहुँ ओरालो लाग्न थालेपछि लगानीकर्ताले दैनिक ४ अर्ब १६ करोड गुमाउँदै गएका छन्। गत साउन १२ गते २२ खर्ब रुपैयाँ हाराहारीमा पुगेको बजार पँुजीकरण बिहीबार १७ खर्ब ६ अर्बमा आइपुगेको छ।
वर्षौं पहिले सम्झौता भई कार्यान्वयनमा नआएका दर्जनौँ विषयमा भन्दा पनि यसपटकको प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सम्बन्ध सुधार तथा आपसी विश्वासको वातावरण बनाउनमै बढी केन्द्रित भएको छ । भारत भ्रमणमा निस्कनुभन्दा पहिले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री एवम् नेपाल–भारत सम्बन्धका जानकारसँग परामर्श लिएका प्रधानमन्त्री दाहालले यस भ्रमणमा सम्बन्ध सुधारलाई जोड दिएका हुन्।
सूचीकृत कम्पनीले लगानीकर्तालाई वितरण गर्ने नगद लाभांश लगानीकर्ताले संकलन नगर्दा करौडौं अहिले बैंक तथा वित्तीय संस्थामा थुप्रिएको छ। कम्पनीले वितरण गरेको नगद लाभांश लिन राजधानीबाहिरका लगानीकर्ता काठमाडौं आउनुपर्ने बाध्यात्मक व्यवस्थाका कारण त्यस्तो लाभांश बैंक, वित्तीय संस्थामा थुप्रिएको हो।
सरकारले चालु आर्थिक वर्षको बजेटमा यो वर्ष 'नेपाल लगानीकर्ता शिखर सम्मेलन' गर्ने उल्लेख गरेको छ। सरकारको यही घोषणालाई समेत मद्दत पुग्नेगरी आगामी मंसिरको तेस्रो साता काठमाडौँमा नेपाल लगानीकर्ता सम्मेलन आयोजना गर्न नेपाल उद्योग वाणिज्य (नेउवा)महासंघ अग्रसर भएको छ।
भारतको मगध विश्वविद्यालयबाट अर्थशास्त्रमा पिएचडी गरेेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की ९ महिनादेखि बोर्डको अध्यक्ष छन्। बैंकिङ तथा पुँजी बजार विज्ञका रुपमा उनको नाम लिने गरिन्छ। यसअघि उनी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक, राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष, नेपाल स्टक एक्सचेन्ज लिमिटेडका महाप्रबन्धक, मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैंकको कार्यकारी निर्देशक समेत रहिसकेका छन्।
काठमाडौं— सेयर कारोबारमा ब्रोकरका लागि तिर्नुपर्ने शुल्क ४० प्रतिशतले घटेको छ। सेयर कारोबार लागत घट्दा लगानीकर्तालाई फाइदा हुने भएको छ।