ढुंगेसाँघु नजिकै झोलुंगे पुल
पोखरा महानगरपालिका–१७ महतगौंडाको ढुंगेसाँघु नजिकै झोलुंगे पुल निर्माण हुने भएको छ। करिब २७ लाख ५० रुपैयाँको लागतमा बन्ने पुल पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शिलान्यास गरे।
पोखरा महानगरपालिका–१७ महतगौंडाको ढुंगेसाँघु नजिकै झोलुंगे पुल निर्माण हुने भएको छ। करिब २७ लाख ५० रुपैयाँको लागतमा बन्ने पुल पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शिलान्यास गरे।
पोखरा रंगशालाभित्र फुटबल मैदान बन्दै छ। एथलेटिक्सका लागि सिन्थेटिक ट्र्याकसमेत निर्माण गरिने भएको छ। फुटबल मैदान र एथलेटिक ट्र्याक असारभित्र बनिसक्ने जनाइएको छ। कागजी सम्झौताले त्यही भनेको छ। व्यवहारतः भने फरक पाटो रह्यो।
क्रिकेटमा नेपालले धेरै फड्को मारिसकेको छ। जिल्ला तहमा क्रिकेटको क्रेज बढ्दै गएको छ। त्यसको पछिल्लो उदाहरण नै क्रिकेट मैदानको धमाधम निर्माण हो।
पोखरामा आज चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन्। पोखरा–३० को शिशुवामा र त्रित्याङमा चितुवाको आक्रमणबाट धरानको सिसुवाका ४५ वर्षीय टीकाबहादुर लिम्बू र पोखरा–३० की ५७ वर्षीया राधिका आचार्य घाइते भएका हुन्।
पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. चिरञ्जीवीप्रसाद शर्मा र कृषि तथा वन विश्वविद्यालयका सहायक डिन प्रा. विष्णु ओझामाथि गरिएको दुर्व्यवहारको प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले निन्दा गरेको छ।
फेवाताल संरक्षणका लागि चेक ड्याम निर्माण गरिने भएको छ। गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका मिलेर फेवाताल संरक्षणका लागि सिल्ट्रेसन चेक ड्याम निर्माण गर्ने भएको हो।
फेवातालको पानीको स्रोतका रूपमा रहेका मुहान क्षेत्रका हर्पन लगायका खहरे खोलामा चेक ड्याम बनाउने भनेर पोखरा महानगरपालिकाले चालू आर्थिक वर्षमा सात करोड रुपैयाँ छुट्यायो। आर्थिक वर्ष सकिन अब झन्डै अढाइ महिना बाँकी छ।
फिल्म ‘वीर विक्रम–२’ आगामी जेठ ३ गतेदेखि प्रदर्शनमा आउने भएको छ। फिल्मको प्रचारप्रसार गर्दै टोली यतिबेला देश दौडाहाको क्रममा पोखरा आइपुगेको छ।
गौतम बुद्ध विमानस्थल सन् २०१९ र पोखरा अन्तराष्ट्रिय विमानस्थल सन् २०२१ भित्र सञ्चालनमा ल्याइने भएको छ। सरकारले आफ्नो तीति तथा कार्यक्रम सार्वजनिक गर्दै पोखरा विमानस्थल २०२१ भित्र सञ्चालनमा ल्याउने बताएको हो। पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य ४० प्रतिशत पुरा भएको सरकारले जनाएको छ। निजगढ विमानस्थलको निर्माणकार्य सिघ्र गरिने भएको छ।
पोखरा विश्वविद्यालयका सम्बन्धनप्राप्त ४२ निजी कलेजले विश्वविद्यालयको नियम विपरीत डिप्लस ग्रेडका तीन सय ९१ विद्यार्थी भर्ना गर्ने कलेजलाई कारबाही नभएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन्।
अग्नि ग्रुप अन्तर्गत अग्नि मोटोइन्क प्रालिले नयाँ वर्ष २०७६ को अवसरमा खुसी आउँछ बन्डलमा योजना अन्तर्गत पहिलो बम्पर विजेता घोषणा गरिएको छ। पोखराको न्युरोडका रबिनकुमार विक (कुपन नं १२२७) ले बम्पर उपहारअन्तर्गत होम अप्लायन्सेज जितेको बताइएको छ।
पोखरा विश्वविद्यालयका ४२ सम्बन्धन प्राप्त कलेजहरूले विश्वविद्यालयको नियमविपरीत भर्ना गरेका कारण परीक्षा दिनबाट वञ्चित विद्यार्थीलाई परीक्षा दिने व्यवस्था मिलाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। विश्वविद्यालय विद्यापरिषद्ले कक्षा ११ र १२ मा न्यूनतम ‘सी’ ग्रेड प्राप्त गरेका विद्यार्थीलाई मात्र स्नातक तह व्यवस्थापन संकायमा भर्ना गर्न निर्देशन दिएविपरीत सम्बन्धन प्राप्त कलेजहरुले ३ सय ९१ विद्यार्थीलाई भर्ना गरेका थिए। ती विद्यार्थी ‘डी प्लस’ ग्रेडका हुन्। विश्वविद्यालयले डी प्लस ग्रेडका विद्यार्थीको परीक्षा रजिष्ट्रेसन फाराम अस्वीकार गरेपछि उनीहरू परीक्षा दिनबाट वञ्चित भएका छन्।
पर्यटन प्रवर्द्धनको उद्देश्यसहित पोखरामा फुटसल प्रतियोगिता हुने भएको छ। फेसबुक समूह ‘मेन्स रुम रिलोडेड’ले वैशाख १४ देखि एरेना गैह्रापाटनमा ‘एमआरआर फुटसल २०७६’ आयेजना गर्न लागेको हो।
पोखरामा भोलि शनिबार फेवाताल किनारमा ट्रायथलनको एसियन कप तथा साउथ एसियन च्याम्पियनसिप सुरु हुँदैै छ। त्यसको लागि सहभागी खेलाडी पोखरा आइपुगेका छन्।
३७ वर्षपछि पोखरामा फेरि राष्ट्रिय खेलकुद प्रतियोगिता फर्किने भएको छ। २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनापछि दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने अवसर साढे तीन दशकको समय पर धकेलियो। सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा धरानमै आठौं नेपालगन्ज र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आयोजना गर्ने सैद्धान्तिक सहमति गरिएको थियो।