२३ असार २०८१ आइतबार
image/svg+xml

प्रधानमन्त्री भन्छन्ः बङ्गलादेशमा विद्युत् निर्यात गर्न चाँडै त्रिदेशीय विद्युत् व्यापार सम्झौता हुन्छ

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालबाट बङ्गलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने बताएका छन्।

माओवादी : जनमतमा गिर्दै, सत्तामा टिक्दै

प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको मात्र होइन, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको पनि विश्वास गुमाउँदै गएका छन्।

मनलाग्दी पैसा माग्यो भन्ने कुरा पुष्टि गर्न प्रधानमन्त्रीले दिए पूर्वअर्थमन्त्रीलाई चुनौति

प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतलाई आफूले मनलाग्दी पैसा माग्यो भन्ने कुराको पुष्टि गरेर देखाउन चुनौति दिएका छन्।

न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुने बताएका छन्।

प्रतिपक्षले निहुँ खोजिरहने हो भने शान्ति प्रक्रियाका बाँकी काम कहिल्यै टुंगिदैन: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी काम सबै राजनीतिक दलको सहमतिमा टुंग्याउन आवश्यक रहेको बताएका छन्।

वर्तमान सत्ता गठबन्धन कांग्रेसको विश्वासघातको जगमा खडा छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सत्ता गठबन्धन नेपाली काँग्रेसको विश्वासघातको जगमा खडा भएको बताएका छन्।

कांग्रेसले मलाई ‘भिलेन’ बनाउन जोडबल गरिरहेको छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसले आफूलाई भिलेन बनाउन जोड बल गरिरहेको आरोप लगाएका छन्।

रमजानमा प्रधानमन्त्रीको शुभकामनाः यस पर्वले आपसी सद्भावलाई थप बलियो बनाउन मद्दत गर्छ

मङ्गलवारदेखि सुरू भएको रमजान अर्थात् रोजा पर्वको अवसरमा शुभकामना दिँदै उनले स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्वी लगायतमा सुस्वास्थ्य, सुख, शान्ति एवं समृद्धिको शुभकामना गरेका छन्।

रविको ‘प्रचण्डपथ’

रास्वपा सत्ताकेन्द्रित राजनीतिक खेलमा नलाग्ने भनाइ राखेका थिए। मिसन ८४ बाहेक दायाँ/बायाँ नहेर्ने र नसोच्ने बताएका थिए। तर यस सार्वजनिक भनाइ राखेको दुई महिना पनि नपुग्दै माओवादी नेतृत्वमा एमालेसमेतको गठबन्धन सरकारमा गए।

राष्ट्रप्रति समर्पित युवा देशका लागि पहिलो आवश्यकता: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले बदलिँदो विश्व परिवेशमा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताएका छन्।

राजनीतिक रणनीति तर्जुमामा व्यस्त छन् अध्यक्ष ओली र प्रधानमन्त्री दाहाल

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने दिन नजिकिँदै गर्दा सत्ता साझेदार दलका नेताहरूबिचको भेटघाट बाक्लिँदै गएको छ।

सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था युगान्तकारी उपलब्धी: प्रधानमन्त्री

ग्याल्पो ल्होसार पर्वको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले नेपाली जनताले लामो सङ्घर्षपछि प्राप्त गरेका लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था युगान्तकारी उपलब्धी भएको बताए।

नहुने एकता नटिक्ने गठबन्धन

पार्टी सत्तामा साढे तीन दशकदेखि निरन्तर अध्यक्ष बनिरहन सफल उनी तेस्रो ठूलो दलको अध्यक्ष भएर पनि देशको सत्तामा पनि सकेसम्म प्रधानमन्त्री भइरहन चाहन्छन्, चाहे अरू दलसँग गरिएको सहमति तोडेर होस्, चाहे दुई ठूला दलका प्रतिस्पर्धामा खेलेर।

विगतकै कार्यक्रमकै वरिपरि हुने गरी न्यूनतम साझा कार्यक्रम आउने: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले बदलिएको परिस्थितअनुसार तयार गरिने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्