८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रतिपक्षले निहुँ खोजिरहने हो भने शान्ति प्रक्रियाका बाँकी काम कहिल्यै टुंगिदैन: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी काम सबै राजनीतिक दलको सहमतिमा टुंग्याउन आवश्यक रहेको बताएका छन्।

बुधवार प्रतिनिधि सभाको बैठकमा विशवासको मत माग्दै उनले यस्तो बताएका हुन्। उनले प्रतिपक्षमा बस्नेले निहँ खोज्दै जाने हो भने शान्ति प्रक्रियाका काम कहिल्यै नटुंगिने बताए। उनले नेपाली काँग्रेस शान्ति प्रक्रियालाई र शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन उत्तिकै आवश्यक कडी बन्नुपर्ने बताए। उनले सहमतिमा टुंग्याऔँ भन्ने कुरामा विमति नहुने तर सहमतिमा टुंगो लगाउन नसकिएको बताए। अब नेपाली काँग्रेसले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन विमति गर्नु नहुने उनले बताए।

उनले भने, ‘मान्य रमेश लेखकज्युले भन्नुभएको छ, अब शान्ति प्रक्रिया के हुन्छ? हिजो शान्ति प्रक्रिया टुंग्याउन कसले बाधा पुर्‍यायो जवाफ दिनुपर्छ भन्नुभएको छ। जवाफ तपाईहरुलाई राम्रोसँग थाहा नै छ। जो प्रतिपक्षमा बस्यो उसैले निहुँ खोज्ने भए कहिल्यै टुंगिँदैन। तर नेपाली काँग्रेस शान्ति प्रक्रियालाई र शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन उत्तिकै आवश्यकता बन्नुपर्छ। यसलाई सहमतिमा टुंग्याऔँ भन्ने कुरामा हाम्रो कहिल्यै विमति भएन, तर टुंगिँदा पनि टुँगिएन। अब नेपाली काँग्रेसले त्यही बाटो नलिओस् भन्ने मेरो चाहना हो। अब सहमतिले यसलाई टुँग्याऔँ।’

प्रकाशित: ३० फाल्गुन २०८० १२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App