८ असार २०८१ शनिबार
image/svg+xml

एमाले उम्मेदवार सुहाङको यस्तो छ ‘सुहाङ संकल्प’

आउँदो १५ गते हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका लागि नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले चुनावी एजेन्डा सार्वजनिक गरेका छन्।

उपनिर्वाचन सम्मुखमा इलाम केन्द्रित हुँदै शीर्ष नेता

इलाम २ को उपनिर्वाचन नजिकिँदै जाँदा शीर्ष नेता इलामकेन्द्रित भएका छन्। विभिन्न पार्टीका शीर्षनेता तथा देशकै पूर्वकार्यकारी प्रमुखहरूसमेत आफ्ना उम्मेदवार जिताउन इलाम २ मा दिनहुँ आइरहेका छन्।

उपनिर्वाचनमा सहयोग पुर्‍याउन निर्वाचन आयोगको आग्रह

निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न गराउन सरकारलाई सहयोगको आग्रह गरेको छ।

उपनिर्वाचन: सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरे कारबाही

निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ।

इलाम–२ मा एक लाख १५ हजार मतदाताले मतदान गर्न पाउने

इलामको निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १५ मा हुने उपनिर्वाचनमा एक लाख १५ हजार आठ सय ८९ मतदाताले मतदान गर्न पाउने भएका छन्।

इलाम-२: २५ वर्षे प्रगतिको पुलिन्दा बोकेर भोट माग्दै एमाले

पार्टीको तर्फबाट साढे दुई दशक प्रतिनिधित्व गरेका सुवासचन्द्र नेम्बाङले गरेका संविधान निर्माणको नेतृत्वदेखि इलामको भौतिक विकासका दर्जनौं कामको पुलिन्दा बोकेर एमाले चुनावी अभियानमा लागेको छ।

इलाम २ का सबै मतदानस्थल ‘अति संवेदनशील’

वैशाख १५ मा हुने उपनिर्वाचनका लागि निर्धारण गरिएका इलाम २ का सबै मतदानस्थल ‘अति संवेदनशील’ मानिएका छन्।

इलाम-२ उपनिर्वाचनः मतदाता रिझाउन घर–घरमा उम्मेदवार

निर्वाचन आयोगले चैत २८ देखि वैशाख १२ सम्मलाई प्रचारप्रसारको अवधि तोकिदिएपछि दल र उम्मेदवारहरू मतदाताका घर–घरमा पुग्न थालेका छन्।

उपनिर्वाचन आचारसंहिता आजबाट लागू

निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ र बझाङ जिल्ला प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (१) मा निर्वाचन आचारसंहिता लागू गरेको छ।

इलाम-२ को चुनावी जोड-घटाउः अवस्था यस्तो छ, कसले जित्छ त चुनाव ?

इलाम क्षेत्र २ मा आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनमा कसले बाजी मार्ला! यो जिज्ञासा अहिले इलाम मात्र होइन, देशभर छ।

इलाम-२ उपनिर्वाचन: उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण आज

आउँदो वैशाख १५ मा हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदैछ। निर्वाचन कार्यतालिकाअनुसार आजै उम्मेदवारलाई चुनाव चिह्न पनि वितरण गरिनेछ।

उपनिर्वाचन: उम्मेदवारहरूको नामावली आज प्रकाशन गरिँदै

निर्वाचन आयोगले वैशाख १५ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको नामावली आज प्रकाशन गर्दैछ।

इलाम २ मा महिला उम्मेदवार शून्य!

इलाम क्षेत्र २ मा आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि २० उम्मेदवारले मनोनयन दर्ता गराएका छन्, तर त्यसभित्र महिला उम्मेदवार एकजना पनि परेनन्।

इलाम-२ः २५ वर्षे कान्छा उम्मेदवारदेखि ६८ वर्षिय ज्येष्ठ उम्मेदवारसम्म मैदानमा

आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनमा मनोनयन गराएका २० उम्मेदवारमध्ये अर्जुन उमेरले सबैभन्दा कान्छा हुन्। ‘राजनीतिमा अहिले युवाकै खाँचो छ,’ उनी भन्छन्, ‘मतदाताले अहिले युवा उम्मेदवार नै खोज्छन्।’

‘मिसन–८४’ अघि प्रतिष्ठाको खोजी

गत वैशाखमा तनहुँ र चितवनमा भएको उपनिर्वाचनमा पुराना दललाई पछाडि पारेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार निर्वाचित भएका थिए। यसकारण आगामी वैशाखमा हुने उपनिर्वाचनलाई पुराना र नयाँ दल रास्वपाले थप प्रतिष्ठाको विषय बनाएका हुन्। बझाङभन्दा बढी प्रतिष्ठाको लडाइँ इलाममा छ। इ

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्