१२ मंसिर २०८१ बुधबार
image/svg+xml

गण्डकीको नीति तथा कार्यक्रमः बालबालिका र ज्येष्ठ नागरिकलाई ओपिडी र प्रयोगशाला निशुल्क

गण्डकी प्रदेश सरकारले १० वर्ष मूनिका बालबालिका र ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई ओपिडी र प्रयोगशाला सेवा निशुल्क दिने घोषणा गरेको छ।

आगामी बजेटमा खेलाडीलाई पुरस्कार व्यवस्था गर्न माग

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रमकै पूर्वसन्ध्यामा कास्की जिल्ला क्रिकेट संघले सामाजिक विकास मन्त्रालयलाई ज्ञापनपत्र पेश गरेको छ। संघले प्रदेश सरकारको आगामी बजेट मार्फत सम्बोधन गरिदिन आग्रहसहित सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडालाई एघारवुदें ज्ञापनपत्र पेश गरेको हो।

गण्डकी प्रदेश सरकारले प्रदेशका ओलम्पियनलाई भत्ता दिने

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशका ओलम्पियनहरुलाई मासिक भत्ता उपलब्ध गराउने बताएका छन्। पोखरामा नेपाल ओलम्पियन संघको आयोाजनामा भएको ओलम्पियन पूर्नमिलन तथा सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले मासिक भत्ता उपलब्ध गराउने उदघोष गरेका हुन्।

गण्डकी प्रदेशस्तरीय क्रिकेटको उपाधि कास्कीलाई

नवलपुरलाई १८ रनले पराजित गर्दै कास्कीले पोखरामा पहिलो पटक आयोजित गण्डकी प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। गण्डकी खेलकुद खेलकुद परिषदको आयोजनामा पहिलो पटक आयोजित प्रतियोगिताको शनिबार भएको फाईनलमा नवलपुरलाई पराजित गर्दै कास्की नगद १ लाख रुपैयाँ राशीसहित च्याम्पियन बन्यो। उपविजेता रहेको नवलपुरले नगद रु ५० हजार प्राप्त गरेको छ।

गण्डकी र एपिएफको विजयी सुरुआत

गण्डकी प्रदेश भलिबल टोली र एपिएफले हेटौंडामा सुरु भएको राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

गण्डकी र एपिएफको विजयी सुरुवात

गण्डकी प्रदेश भलिबल टिम र एपिएफले हेटौंडामा सुरु भएको राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विजय यात्रा सुरु गरेको छ।

गण्डकीः प्रदेशलाई संस्थागत गर्ने गरि नीति कार्यक्रम आउनेछ

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई संस्थागत गर्ने गरि सरकारले नीति कार्यक्रम ल्याउने बताएका छन्।गणतन्त्र दिबसको अवसरमा सोमवार गण्डकी प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले भने ‘यो सुन्दर ब्यवस्थालाई अझै मजवुत बनाउन गण्डकी प्रदेश सरकार दृढ संकल्पका साथ अघि बढिरहेको छ।’

कालीगण्डकी करिडोर २०८३ सम्म सम्पन्न हुने, ६० प्रतिशत काम सम्पन्न

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोर आर्थिक वर्ष २०८३/०८४ सम्म सम्पन्न हुने भएको छ।

गण्डकीका मुख्यमन्त्री भन्छन्ः मलाई सलामी दिनुपर्दैन, नाकासम्म लिन पनि नआउनु

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफुलाई सलामी नदिन र जिल्ला आउँदा नाकामा लिन नआउन अनुरोध गरेका छन्।

पूर्वाछाने गण्डकी प्रदेशस्तरीय कायाकिङ च्याम्पियन

उदयपुरका डम्बरबहादुर पूर्वाछाने पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय खुल्ला कायाकिङ च्याम्पियन बनेका छन्।

गण्डकीका मुख्यमन्त्रीको निर्देशन: औषधी र स्वास्थ्य उपकरण ‘स्टोर’ मा थुनेर नराख्नुस्

स्टोरमा औषधि हुँदाहुँदै पनि स्थानीय तहलाई नदिएको पालिकाका जनप्रतिनिधिको गुनासोपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे स्वयं बुधबार औषधि र स्वास्थ्य उपकरणको मौज्दात बुझ्न सरकारी स्टोरमा पुगेका छन्।

मधेस, बागमती र गण्डकी प्रदेशमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति तीन प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

लुम्बिनी र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा, अन्य भागमा कस्ताे छ माैसम अवस्था?

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। अहिले बिहान लुम्बिनी र गण्डकी प्रदेशका केही भूभागमा वर्ष भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्