सुदूरपश्चिम खप्तड गोल्डकप : उद्घाटन खेलमा आयोजक र काँकरभिट्टा भिड्दै
मोफसलकै सर्वाधिक धनराशिको अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता मंगलबार (आज) बाट सुरु हुँदैछ। २ः३० बजे सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टोली सुदूरपश्चिम ११ र मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर भिड्दै छन्।