४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानसेनापति क्षत्रीद्वारा बागलुङमा बेलिबृज उद्घाटन

काठमाडौं- प्रधानसेनापति राजेन्द्र क्षत्रीले राष्ट्रिय गौरवको आयोजनाहरु मध्ये नेपाली सेनाद्वारा निर्माणाधीन कालीगण्डकी करिडोरअन्तर्गत बाग्लुङको कुस्मीसेरा नगरपालिकास्थित लौवा खोलामा नवनिर्मित बेलिबृजको उद्घाटन गरेका छन्।

सोहि अवसरमा करिब ६०० मिटर लम्बाई र ९०० मिटर उचाईको पहिरोका कारण विगत पाँच वर्षदेखि अवरुद्ध भएको मिर्मि—कोटाकोट—रुद्रवेणी सडक खण्ड अन्तर्गत स्याङजाको कालीगण्डकी गाउँपालिकास्थित लौझा भीरमा नेपाली सेनाले बनाएको बाटो समेत प्रधानसेनापति क्षत्रीले उद्घाटन गरे। करिब ६ महिनाको प्रयासमा पहिरोलाई हटाई सो ठाउँमा सेनाले बाटो बनाएको थियो। यो सडक खण्डले स्याङजा जिल्लाको मिर्मि—कोटाकोट—रुद्रवेणीहुँदै गुल्मी जिल्लाको तम्घासलाई जोडेको छ।

भ्रमणको दौरान प्रधानसेनापति क्षत्रीले आजै पोखरास्थित पश्चिम पृतना, बाग्लुङस्थित अर्जुनवाण गण र सैनिक आवसीय महाविद्यालय फुलबारी, पोखराको निरीक्षण भ्रमण गर्ने कायर्यक्रम रहेको छ।

प्रकाशित: १८ जेष्ठ २०७५ १४:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App