साफ महिला च्याम्पियनसिप आजबाट, उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै
पाँचौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसिप मंगलबार (आज) बाट मोरङको विराटनगरमा सुरु हुँदैछ। सहिद रंगशालामा दिउँसो २ बजे सुरु हुने उद्घाटन खेलमा नेपाल र भुटान भिड्नेछन्। नेपालले पहिलो पटक महिला अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लागेको हो।