२४ असार २०८२ मंगलबार
image/svg+xml

बाढीको क्षतिबारे बुझ्न प्रधानमन्त्री प्रभावित क्षेत्रमा

प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चीन सिमानाको ल्हेन्दे खोला र भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको अवस्था बुझ्न त्यसतर्फ गएका छन्।

झन्डै तीनवर्षपछि खुल्यो प्याराग्लाइडिङको ‘सोलो’ उडान

झन्डै तीनवर्षदेखि रोकिएको प्याराग्लाइडिङको सोलो (एकल) उडानलाई खुला गरिएको छ। नेपालको हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्याराग्लाइडिङको सोलो उडान खुला गरेको हो।

सामान्य अङ्कले घट्यो नेप्से, खुम्चियो कारोबार

आज नेप्से परिसूचक शून्य दशमलव १४ अङ्कले घटेर दुई हजार ६८३ दशमलव ८६ को विन्दुमा कायम भएको हो।

विश्व व्यापार संगठनका प्रतिनिधिसँग मन्त्री भण्डारीको शिष्टाचार भेट

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र विश्व व्यापार संगठन (डब्लुटीओ) का प्रतिनिधि माशिहिरो हायाफूजीबिच शिष्टाचार भेट भएको छ।

कोशी प्रदेश : योगदानमा आधारित समाजिक सुरक्षा लागू हुने

कोशी प्रदेश सभामा योगदानमूलक निवृत्तभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबुल भएको छ।

शाक्यको सय दिने उपलब्धि: भारत-बंगलादेशमा बिजुली निर्यातदेखि प्रणालीमा उल्लेख्य सुधार

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो १०० दिनको कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन्।

रसुवा बाढीमा फसेका ५५ जनाको उद्धार

बाढीमा फसेका ५५ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामा चार जना महिला र ५१ जना पुरुष रहेको प्रहरीले जनाएको छ।

सोवितालाई सुची नै दिएर प्रधानमन्त्री सचिवालयले साेध्याे: स्पेनबाट नफर्किएको को हो ? भन्नुपर्‍यो

प्रधानमन्त्री सचिवालयले भन्यो–फेसबुकमा भएका गुरिल्लाहरूका लागि कन्टेन्ट बनाउन मात्र संसद्को समय दुरुपयोग नगर्नुस्सारांश

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

विभागका मौसमविद् सञ्जीव अधिकारीले पछिल्लो २४ घण्टाको अवधिमा नेपाल–चीन सीमाबाट नजिकमा रहेको रसुवास्थित क्यान्जिङ मौसमी केन्द्र र रसुवास्थित धुन्चे मौसमी केन्द्रमा फाटफुट मात्र वर्षा मापन भएको जानकारी दिए।

रसुवाको बाढीग्रस्त क्षेत्र अवलोकन गर्न जाने तयारीमा प्रधानमन्त्री

प्रधानमन्त्री ओली मंगलबार दिउँसो रसुवा जाने सक्ने प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले बताए।

यसरी हुँदै छ रसुवा बाढीमा फसेकाहरूको उद्धार (तस्बिरहरू)

अहिलेसम्म बाढीमा फसेका ५० जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामा चार जना महिला र ४६ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

जुम्लामा चट्याङ लागेर १ सय ९७ भेडा मरे

चट्याङले घाइते भएका सिञ्जा-६ भाडगाउँका ५२ वर्षका धनबहादुर रावतको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ।

ट्रम्पको युटर्न : युक्रेनमा थप हतियार पठाउने घोषणा

तीन वर्षभन्दा बढी समयको युद्धमा रुसको ठूलो क्षेप्यास्त्र र ड्रोन आक्रमणको सामना गरिरहेको किभका लागि यो रोकावटले सम्भावित गम्भीर चुनौती खडा गरेको छ।

बैंकबाट कर्जा लगानी चार खर्ब बढ्यो

वार्षिक विन्दुगत आधारमा २०८२ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.७ प्रतिशतले बढेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्