कोप-२८ मा सहयोगको याचना गर्ने होइन, अधिकारका कुरा राख्ने हो: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २८औं सम्मेलन (कोप–२८) मा जलवायु परिवर्तनबाट नेपालमा परेको असरबारे स्पष्टसँग कुरा राख्ने बताएका छन्।